LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । जनकपुरधामका चर्चित मोनाष्टिक स्कूलले आफ्नो ३८औँ वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ ।
मोनाष्टिकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाएको हो । वार्षिकोत्सवको शुरुवात पोस्टर मेकिङ्ग प्रतियोगिताबाट भएको थियो । जसमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई संलग्न गराइएको थियो ।


युवा दिमागहरूले रंगीन कलाकृतिले विद्यालयलाई सजाउँदा रचनात्मक अभिव्यक्तिहरू फस्टाएको थियो । यसका साथै वृक्षारोपण कार्यक्रमको समेत आयोजना गरियो । विद्यालयको वातावरणीय उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्दै विद्यार्थी र इको क्लबका सदस्यहरूले जुनियर मोनाष्टिकमा ३८ र सिनियर मोनाष्टिकमा ३८ गरी जम्मा ७६ वटा रुख रोपेका थिए ।


उत्सव तेस्रो दिन पनि जारी रह्यो । जहाँ विद्यालयका पूर्व विद्यार्थीहरू समेत सहभागी थिए । प्लेग्रुपदेखि एलकेजीसम्मका करिब ४५० युवा कलाकारहरूले सांस्कृतिक नृत्य, भाषण र नाटकीय प्रस्तुतिले दर्शकहरूलाई मोहित बनाए । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमलाई सम्मान प्रदान गरिन् ।
त्यस्तै, चौथो दिनको शुभारम्भ रक्तदान कार्यक्रमबाट भएको थियो । रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरू सहभागी भएका थिए ।
लगभग ३५० कर्मचारी सदस्यहरूको सहभागितामा वार्षिक दिवसको भव्य समापन भएको हो । कार्यक्रमको अध्यक्षता मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णकुमार यादवले गरेका थिए । विद्यालयको लागि एक दशकभन्दा बढी समयदेखि समर्पित रूपमा सेवा गरिरहेका ५५ जना शिक्षक र कर्मचारीलाई मोनाष्टिक स्कूलको यात्रामा उनीहरूको बहुमूल्य योगदानको कदर गर्दै प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
विद्यालयको वार्षिकोत्सव समारोह प्रतिभा, वातावरणीय चेतना र सामुदायिक सेवाको मिश्रणलाई समेटेर भव्यताका साथ समापन भएको थियो ।

सम्बन्धित खबर