LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
ज्नकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसबाट अन्य तर्फ आनन्द ढुगंना र जसपाबाट महिला तर्फ पुजा चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यसैगरि, एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरि, जनमतबाट रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सुचना अधिकारी कृष्ण कुमार राउतले जानकारी दिए ।
एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको स्थानमा पार्टीले विजेता झालाई उम्मेदवारी बनाएको छ ।

सम्बन्धित खबर