LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । महोत्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।
जिल्लाको औहरी नगरपालिका–१ स्थित औहरी बजार नजिक दुई मोटरसाईकल एक आपसमा ठोकिदाँ महोत्तरी रामगोपालपुर नगरपालिकाका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परे गम्भिर घाईते भएका दुई जनालाई प्रहरीले उपचारका लागि बर्दिवासस्थित एक अस्पतालमा पुरआएका थिए । त्यही उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताए ।
रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । सो दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन् ।
ितव्रगति र हुस्सुको कारण दुईवटा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हुन सक्ने नायव उपरीक्षक गिरीले बताए । दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक दुइै जनाको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पतालम जलेश्वरमा राखिएको उनले बताए ।

सम्बन्धित खबर