LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । हुस्सु, शितलहरसँगै दिउँसै चल्ने हावाका कारण जनकपुरधामसहित मधेशका जिल्लामा अत्यधिक चिसो बढेको छ ।
चिसो र शीतलहरले जनकपुरधामसहित जनजीवन कष्टकर बनेको छ । अत्यधिक चिसोको कारण मानिसहरूलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ । चिसोको कारण धनुषाको जनकपुरधाम, सबैला, महेन्द्रनगर, महोत्तरीको जलेश्वर, गौशाला,पर्साको विरगंज, सप्तरीको राजविराज, सिरहाको सिराहा, लहान, रौतहतको
गौर,सर्लाहीको मलंगवा सहितका व्यापारिक केन्द्रहरुमा दिउँसै चहलपहल घटेको छ । अत्यधिक जाडोले जनकपुरधामबाट चल्ने सानो तथा लामो दुरीका सवारीसाधन यात्रु नपाएर समेत प्रभावित भएको छ ।

त्यसैगरि, दिउँसै लाग्ने बाक्लो हुस्सुको जनकपुरधाम– काठमाण्डौ हवाई सेवा समेत प्रभावित भएको छ । बाक्लो हुस्सुको हवाई उडानको लागि चाहिने भिजव्लीटि नहुदाँ बुधवार पुर्ण रुपमा हवाई सेवा बन्द रहेको जनकपुरधाम विमान स्थलका प्रमुख भिमदत्त पन्तले बताए । हवाई उडानको लागि कम्तिमा १६ सय भिजव्लीटि चाहिने छ । तर हुस्सुको कारा अहिले १ एक हजार पनि भिजव्लीटि नहुदाँ हवाई सेवा प्रभावित भएको उनले बताए ।
त्यसैगरि, चिसो बढेसँगै अस्पतालमा विरामीको संख्या ह्वतै बढेको छ । चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरू बढी प्रभावित हुनेगरेका छन् । जनकपुरधामस्थित प्रादेशिक अस्पतालका निर्देशक डा.रारनरेश पण्डितका अनुसार समान्य दिनभन्दा अहिले दम, रुवाखोकी, निमोनियासहितका विरामीको संख्यामा वृद्धि भएको छ ।
खास गरि ग्रामीण भेगमा खास गरी चिसो छल्न घुर (आगो) बालेर तापिरने संख्या बढेको छ । विगतका वर्षहरुमा जाडोको कारण बर्सेनि मानवीय क्षति हुदै आएको छ । तर यस वर्ष अहिले सम्म चिसोकै कारण मानीय क्षति भएको खबर नआएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
सामुदायि विद्यालयहरु धमाधम बन्द हुदै
अत्यधिक चिसो बढेपछि मधेशका कतिपय जिल्लाका समामुदायिक विद्यालयको पठनपान बन्द गरिएको छ । रौतहटका सामुदायिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ ।
शिक्षा समन्वय एकाइ रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको छ । जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मङ्गलबारदेखि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।

शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाका १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको बताए ।


त्यसैगरि, बाराका कलैया र जीतपुर सिमरा उपमहानगरपालिकाले चिसो बढेपछि मंगलवारदेखि तीन दिनका लागि विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि उपमहानगरले पठन पाठन बन्द गर्ने निर्णय गरेको जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले जनाएको छ ।

कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले चिसोको कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। यता, दिउँसै बत्ति बालेर सवारी चलाउने बाध्यता बिहानैबाट लागेको बाक्लो हुस्सु र शीतलहरका कारण मधेशका विभिन्न जिल्लामा दिउँसै बत्ति बालेर सवारी साधन चलाउनुपर्ने बाध्यता सृजना भएको छ ।

बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुद्नुपर्ने अवस्था आएको छ । मधेशमा पर्ने पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनलाई बत्ति बालेर बिस्तारै चलाउन निर्देशन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।


यता, मधेशका अत्यधिक चिसो बढेपछि गरिब विपन्न परिवारलाई मधेश प्रदेश सरकारले कम्लब वित्तरण गर्ने भएको छ ।
जाडो याममा हुने सक्ने विपत्त व्यवस्थापनलाई मध्यनजर गरि प्रदेश सरकारले नेपाली सेनाबाट २० हजार कम्बल खरिद गरी गरिब विपन्नमा वित्तरण गर्न लागेको मधेश प्रदेश सरकारमा गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले बताए । उनले जिल्ला जिल्लामा रहेका जिल्ला विपत्त व्यवस्थापन समिति मार्फत कम्बल वित्तरण गरिने बताए ।

 

सम्बन्धित खबर