LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

गिरोहमा मुख्यनाईके मध्येका एक जना र ४ गाडी अझै खोजी जारी

जनकपुरधाम । भन्सार चोरी निकास गरी भारतबाट ल्याएका गाडीलाई नेपाली नम्बर प्लेटका भनेर विक्रीवितरण गर्ने चार गाडीसहित सात जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी भारतबाट चोरी गरी ल्याएका चार पांग्रे गाडीसहित त्यसको बिक्री वितरणमा संलग्न गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । प्रहरीले भारतबाट चोरी गरी ल्याएका गाडी नेपाली भनेर बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका–३ बस्ने ५० वर्षीय मोख्तार अन्सारी र लोहरपट्टी नगरपालिका ६ बस्ने जमजम भन्ने ४० वर्षीय अन्सारुल कवाडीलाई गिरोहको मुख्य नाइकेको रुपमा पक्राउ गरेको छ ।

अन्सारी नै भारतीय व्यक्तिहरुसँग गाडीको डिल गरी नेपाल ल्याउने, नेपाली नम्बर र गाडीको बिलबुकको व्यवस्थापन गर्ने गरेका थिए । त्यसैगरि, अन्सारीका मुख्य सहयोगीको रुपमा पक्राउ परेका कवाडीलाई काम गर्ने गरेका थिए । भारतबाट ल्याएका गाडीलाई नेपाली भनेर कवाडीले नै बिक्री वित्तरण गर्ने गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

त्यस्तै कवाडीले वैदेशिक रोजगारीबाट फर्केका महोत्तरी लोहारपट्टीकै अजिम राईनसँग प्रदेश २–०३–००१ च ५४८७ र लोहारपट्टीकै रोशन कुमार ठाकुरसँग प्रदेश २–०३– ००१ च ११४० नम्बरको गाडी बिक्री गरेको उनले बताए । जनकपुरधाम–२३ बिन्धीका आविद नदाफले लोहरपट्टीकै नातामा भिनाजु पर्ने अख्तर नदाफसँग भाडामा चलाउन प्रदेश २–०३–००१ च ३७३९ गाडी लिएका लिएका थिए । त्यसैगरि, लोहारपट्टी ६ बस्ने २८ वर्षीय मोबारक अलीले आफ्नासाथीसँग ७ महिना अघि प्रदेश २–०३– ००१ च ०११० नम्बरको गाडी भाडामा लिई चलाक धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने पंकज शर्माको जिम्मा लगाएका थिए ।

प्रहरीले पाँचै जनालाई अनुसन्धानका लागि अहिले थुनामै राखेको छ । प्रहरी उपरीक्षक शर्माले भने–‘ भारतबाट ल्याएका गाडीलाई नेपाली नम्बर प्लेट भनेर बिक्री वितरण गर्ने गिरोहमा दुई जनालाई पक्राउ गर्ने सफल भएका छौ, एक जना अझै फरार छन् । तर बाँकीका पाँच जना मध्ये केही चालक छन्, केही व्यक्ति झुक्किएर गाडी खरिद गरी भाडामा चलाउदै आएका थिए ।’

पक्राउ गरिएका अन्सारी र कवाडी माथि किर्ते र ठगि मुद्दा चलाएका छौ, उपरीक्षक शर्माले भने,‘ बाँकी रहेका ५ जनालाई थप अनुसन्धान गरिरहेका छौ ।’ ८ वटा गाडी भारतबाट ल्याएर नेपाली भनेर प्लेट लगाएर संचालन भईरहको हामीले अनुसन्धानमा पाएका छौ,उनले भने,‘ तर ४ वटा गाडी पक्राउ गरिएपछि बाँकी गाडीहरु अहिले लुकाएर राखिएको छ । त्यस कारण ती गाडीहरुको खोजी हामी गरिरहेका छौ ।’

सम्बन्धित खबर