LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । नेपाल सरकारको स्वामित्वमा रहेको रेल विभागले भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटरमा पर्ने १सय २३ विघा मध्ये ८ सय ६० कित्ताको करीब दुई अर्ब ३० करोड रुपैया बराबरको मुआब्जा वितरण गरी सो जग्गा आफ्नो अधिनमा लिएको छ ।
रेल विभाग साइड कार्यालय जनकपुरधामका अनुसार भंगहादेखि बर्दिवासम्म रेल सञ्चालन गर्न रेल लिंक निर्माणको लागि सो क्षेत्रमा पर्ने सर्वसाधारणको जग्गा अधिग्रहण गरी ८० प्रतिशत मुआब्जा वितरण गरिसकेको इन्जिनियर विनोद ओझाले बताए । क्षतिपूर्ति वितरण गर्न बाँकी रहेको २० प्रतिशत जग्गामा घर रुखहरु रहेकोले सोको विवरण लिने काम भईरहेको उनले बताए ।
भारतको जयनगरदेखि महोत्तरी जिल्लाको बर्दिवाससम्म ६९ किलोमिटर लामो रेल्वे लिक तीन चरणमा निर्माण गरिएको छ । जस अन्तरगत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर, दोस्रने चरणमा कुर्थादेखि भंगहासम्म १७ किलोमिटर रेल्वे लिक निर्माण कार्य सम्पन्न भई त्यहाँ पनि रेल सेवा सञ्चालनमा रहेको छ । तेस्रो चरण अन्तरगत भंगहादेखि बर्दिवासम्म १७ किलोमिटर अन्तर्गत मुआब्जा वितरण गरी अधिग्रहण भईसकेको जग्गामा सर्वेको काम भईरहेको छ । नेपाल र भारतका संयुक्त प्राविधिक टोलीले लोकेशन अनुसार सर्वेको काम गरिरहेको उनले बताए ।
जग्गा प्राप्ति ऐन २०३४ अनुसार मुआब्जा दिने जग्गालाई तीन प्रकारले वर्गिकरण गरेको छ । जस अनुसार साविक भंगहा अन्तरगत पर्ने जग्गा मूल्य प्रतिकट्ठा १ लाख ५० हजारदेखि ८ लाखसम्म, किसान नगरको जग्गालाई प्रतिकट्ठा २ लाखदेखि ८ लाखसम्म, आर्दश नगर बेंगाडावरको जग्गालाई प्रतिकट्ठा ३ लाखदेखि ३५ लाखसम्म र बर्दिवासमा प्रतिकट्ठा ८ लाखदेखि ८१ लाखसम्म मुआब्जा वितरण भई रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्य अनुसार मुआब्जा वितरण गरिएको छ ।
भारतको जयनगरदेखि महोत्तरी बर्दिवाससम्म ६९ किलोमिटर लम्बाई मध्ये हाल जयनगरदेखि भंगहासम्म ५१ किलोमिटर क्षेत्रमा रेल्वे सेवा सञ्चालनमा रहेको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि भंगहासम्म निर्माण भएको ट्याक बेडमा हाल रेलसेवा नियमित रुपमा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको ई.२०१० मा भएको भारत भ्रमणको क्रममा भएको द्विपक्षीय सम्झौता अनुसार नेपालमा रेल सञ्चालन विस्तार भईरहेको छ । बि.स.२०७८ चैत ११ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जनकपुरबाट कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालनमा आएको हो । सम्झौता अनुसार भारत सरकारले जलपाई गोडीदेखि कांकरभिठा, बतनाहादेखि विराटनगर, जयनगर, जनकपुर, बर्दिवास, नौतनमा, भैरहवा, रुपैडिहा, नेपालगञ्जमा रेल सेवा सञ्चालन गर्ने सम्झौता भएको इन्जिनियर ओझाले बताए ।
भारतीय सरकारको स्वामित्वमा रहेको इकाँन कम्पनीले रेल्वे लिक निर्माण सम्बन्धी काम गरिरहेको छ भने नेपाल सरकारले रेल लिक निर्माण गर्न आवश्यक पर्ने जग्गा र मुआब्जा मात्र उपलब्ध गराउने र बाँकी काम सम्झौता अनुसार भारत सरकारले गर्नेछन् ।

 

सम्बन्धित खबर