LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ ।
३ माघ २०७८ मा बसेको प्रदेशसभाको वैठबले तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र जनकपुरधामलाई स्थायी राजधानीको पारित गरेको दिनलाई स्मरण गर्दै पहिलो पटक मधेश प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो । गत विहिवार बसेको प्रदेशको मन्त्रिपरिषदको वैठकले स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
स्वाभिमान दिवसको अवसरमा मुख्यमन्त्री सरोजकुमार यादवले एक वर्षे कार्य प्रगति विवरणसमेत आजै सार्वजनिक गर्ने बताएका छन् । मधेश प्रदेशको पहिलो मुख्यमन्त्री लालबाबु राउतकै कार्यकालमा प्रदेशको नाम र स्थायी राजधानीको नामकरणका भएको थियो । लामो रसाक्सी पश्चात तत्कालिन प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सफल भएको थियो ।
त्यसैगरि, ५ माघमा मधेश सरकारले बलिदानी दिवस मनाउदै आएको छ । तत्कालिन मुख्यमन्त्री राउतको पहिलो मन्त्रिपरिषदको वैठकले पहिलो निर्णय माघ ५ लाई बलिदानी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर