LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ ।
३ माघ २०७८ मा बसेको प्रदेशसभाको वैठबले तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र जनकपुरधामलाई स्थायी राजधानीको पारित गरेको दिनलाई स्मरण गर्दै पहिलो पटक मधेश प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो । गत विहिवार बसेको प्रदेशको मन्त्रिपरिषदको वैठकले स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
स्वाभिमान दिवसको अवसरमा मुख्यमन्त्री सरोजकुमार यादवले एक वर्षे कार्य प्रगति विवरणसमेत आजै सार्वजनिक गर्ने बताएका छन् । मधेश प्रदेशको पहिलो मुख्यमन्त्री लालबाबु राउतकै कार्यकालमा प्रदेशको नाम र स्थायी राजधानीको नामकरणका भएको थियो । लामो रसाक्सी पश्चात तत्कालिन प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सफल भएको थियो ।
त्यसैगरि, ५ माघमा मधेश सरकारले बलिदानी दिवस मनाउदै आएको छ । तत्कालिन मुख्यमन्त्री राउतको पहिलो मन्त्रिपरिषदको वैठकले पहिलो निर्णय माघ ५ लाई बलिदानी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर