LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । जनमत पार्टीबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामशंकर महासेठले राष्ट्रिय सभाको निर्वाचन मधेशी नेताहरुको लागि स्र्वण अवसर रहेको बताएका छन् ।

बुधवार पत्रकार सम्मेलन गरी महासेठले नेपालको राजनीतिमा खस पाहाडी शासक वर्गको वाहुल्यता रहेको भन्दै त्यसलाई तोडन मधेशी नेताहरुले एकजुट हुनुपर्ने बताए । मधेश प्रदेशबाट पनि नेपाली काँग्रेस कुनै मधेशीलाई टिकट नदिई विगत ४० सालदेखि राजनीतिक गर्दै आएका व्यक्तिले पटक–पटक अवसर पाउने गरेको आरोप लगाए ।

राष्ट्रिय सभामा पछाडि परेका वर्ग तथा समानुपाति समावेशी हिसाब हुनुपर्नेमा एउटै सामुदायका व्यक्ति घुमाईफिराई अवसर पाउने गरेका छन्, उनले भने,‘ त्यसकारण खस पहाडि मानसिकतालाई तोड्न राष्ट्रिय सभाको निर्वाचन सुनौलो अवसर हो, त्यसमा सबै मधेशी नेताहरु सचेत हुनु आवश्यक छ ।’

राष्ट्रिय सभाको निर्वाचनमा आर्थिक चलखेल समेत हुने गरेको उल्लेख गर्दै उनले भने,‘ आर्थिक लाभभन्दा पनि आफ्ना पहिचान र स्वाभिमानको पक्षमा मतदान गर्न सबै जनप्रतिनिधीलाई मेरो अग्रहा छ ।’ अहिलेको मतभारको अधारमा हामी पछाडि छौ तर यहाँका जनप्रतिनिधी चाहेको खण्डमा आफ्नो विजय हुने सम्भावना प्रबल रहेको उनले दावि गरे । पत्रकार सम्मेलनमा जनमत पार्टीका सचिव विपि साहको समेत उपस्थित रहेको थियो ।

सम्बन्धित खबर