LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । आज मधेश प्रदेश सरकारले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस बनाई रहेको छ ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा समेत दिएको छ । ५ माघ २०६३ सालमा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोले पहिलो शहिद भएको थियो । उक्त घटनाको आज १७ वर्ष पुरा भएको छ ।
यसरी मधेश आन्दोलनको जगमा मुलुकमा आएको संघिय व्यवस्था अनुसार तत्कालिन संघिय सरमाजवादी पार्टीका नेता महोम्मद लालबाबु राउत नेतृत्वको सरकारले आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकमा मधेश आन्दोलनको शहिदहरु त्था घाईतेहरुको बलिदानीलाई उच्च कदर र सम्मान गर्दै ५ माघको दिनलाई बलिदानी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
मधेश सरकारले स्थापना भएदेखि नै बलिदानी दिवस मनाउदै आएको छ । बलिदानी दिवसको रुपमा मधेश आन्दोलनका शहिद परिवार तथा घाईतेहरुलाई प्रदेश सरकारले आर्थिक सहयोग तथा विभिन्न सहयोगहरु गर्दै आएको छ ।
बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज वीरगंजमा भव्य कार्यक्रमको आयोजना गरेको छ । उक्र कार्यक्रममा मधेश आन्दोलनका एक जिउँदो शहिदसहित ६१ जना शहिद परिवारलाई ३ लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरि, मधेश आन्दोलनका घाईते १ सय ७ जनालाई प्राकृतिक हेरेर १ लाख, १ लाख ५० हजार र २ लाख सम्म आर्थिक सहयोग गर्ने कार्यक्रम तय भएको मधेश सरकारका प्रवक्ता तथा गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए । त्यसैगरि, सबै शहिद परिवार र घाईतेहरुलाई एक÷एक ब्लायङ्गकेट समेत वित्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
यस अघि पनि मधेश सरकारले मधेश आन्दोलनका शहिद परिवार तथा घाईतेहरुलाई पटक–पटक आर्थिक सहयोग गर्दै आएको छ । केहि वर्ष अघि मधेश सरकारले शहिद परिवारलाई भैसी समेत वित्तरण गरेको थियो ।

 

सम्बन्धित खबर