LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । आज मधेश प्रदेश सरकारले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस बनाई रहेको छ ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा समेत दिएको छ । ५ माघ २०६३ सालमा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोले पहिलो शहिद भएको थियो । उक्त घटनाको आज १७ वर्ष पुरा भएको छ ।
यसरी मधेश आन्दोलनको जगमा मुलुकमा आएको संघिय व्यवस्था अनुसार तत्कालिन संघिय सरमाजवादी पार्टीका नेता महोम्मद लालबाबु राउत नेतृत्वको सरकारले आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकमा मधेश आन्दोलनको शहिदहरु त्था घाईतेहरुको बलिदानीलाई उच्च कदर र सम्मान गर्दै ५ माघको दिनलाई बलिदानी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
मधेश सरकारले स्थापना भएदेखि नै बलिदानी दिवस मनाउदै आएको छ । बलिदानी दिवसको रुपमा मधेश आन्दोलनका शहिद परिवार तथा घाईतेहरुलाई प्रदेश सरकारले आर्थिक सहयोग तथा विभिन्न सहयोगहरु गर्दै आएको छ ।
बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज वीरगंजमा भव्य कार्यक्रमको आयोजना गरेको छ । उक्र कार्यक्रममा मधेश आन्दोलनका एक जिउँदो शहिदसहित ६१ जना शहिद परिवारलाई ३ लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरि, मधेश आन्दोलनका घाईते १ सय ७ जनालाई प्राकृतिक हेरेर १ लाख, १ लाख ५० हजार र २ लाख सम्म आर्थिक सहयोग गर्ने कार्यक्रम तय भएको मधेश सरकारका प्रवक्ता तथा गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए । त्यसैगरि, सबै शहिद परिवार र घाईतेहरुलाई एक÷एक ब्लायङ्गकेट समेत वित्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
यस अघि पनि मधेश सरकारले मधेश आन्दोलनका शहिद परिवार तथा घाईतेहरुलाई पटक–पटक आर्थिक सहयोग गर्दै आएको छ । केहि वर्ष अघि मधेश सरकारले शहिद परिवारलाई भैसी समेत वित्तरण गरेको थियो ।

 

सम्बन्धित खबर