जनकपुरधाम । मधेश प्रदेश सरकार मातहत रहेको मधेश कृषि विश्वविद्यालको भवन शिलान्यासलाई लिएर जनता समाजवादी पार्टी र जनमत पार्टी बीच विवाद भएको छ ।
विश्वविद्यालयको भवन शिलान्यसको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतले त्यसको विरोध गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । जनमतले तालबन्दी गरेपछि जसपाका कार्यकर्ता त्यसको विरोध गरेपछि सप्तरीको सदुरमुकाम राजविराजको अवस्था अहिले तानवग्रस्त बनेको छ ।
उनीहरुले विश्वविद्यालयलाई राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्ड बिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत ७ बुँदे माग समेत अघि सार्दै विश्वविद्यालय अगाडी विरोध प्रदर्शन समेत गरेका थिए । ्
दुई पार्टीका कार्यकर्ता बीच झडप हुन सक्ने सम्भावना देखेर जिल्ला प्रशासन कार्यालय सप्तरीले सुरकक्षा सार्तकता अपनाउदै राजविराजको चोक चोकमा उल्लेखनिय प्रहरी परिचालन गरेको छ । तनाव साम्य पार्न अहिले दलहरुसँग बीच छलफल भईरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
यसकारण भयो विवाद
मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा जसपाका नेता मोहम्मद लालबाबु राउत नेतृत्वको सरकारले वीरगंजका मधेश विश्वविद्यालय र राजविराजमा मधेश कृषि विश्वविद्यालयको स्थापना गर्ने घोषणा गरेका थिए ।
गत प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै उक्त ति विद्यालयहरु हताहतारमा स्थापना गरियो । राउत नेतृत्वकै सरकारहरुले सो विद्यालयको उपकुलपतिमा डा.विद्यानाथ महतो र राजिष्ट्रार भागवान ठाकुरलाई नियुक्त गरेका छन् ।
स्थापना भएको झण्डै दुई वर्ष पुग्न लागेको मधेश कृषि विश्वविद्यालय पनि भौतिक पूर्वाधारको हिसाबले दयनीय अवस्थामै छ ।राजविराज नगरपालिकाल उपलब्ध गराएको २६ विद्या जग्गामा सोमवार े विश्वविद्यालयको भवन शिलान्यस कार्यक्रम राखिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालयले जसपा अध्यक्ष उपेन्द्र यादवलाई राखेका थिए । तर सो लागि मधेश प्रदेश सरकारका शिक्षा तथा साँस्कृति मन्त्री तथा जनमतका मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवसँग कुनै विश्वविद्यालयका पदाधिकारीहरुले कुनै समन्वय गरेनन् ।
आफ्नो मातहत रहेका विश्वविद्यालयले आफुसँग कुनै समन्वय नगरि कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष यादवलाई बनाएपछि आक्रोसित भए । सोही आक्रोसको कारण जनमतका कार्यकर्ताहरुले विश्वविद्यालयमा तालाबन्दी गर्न पुगे । संघिय वा प्रदेशको सरकारको कुनै पदमा नरहेका, सप्तरीबाट जनप्रतिनिध समेत नरहेका व्यक्तिलाई किन प्रमुख अतिथि बनाएको भन्दै जनमतका कार्यकर्ताहरुले विरोध गरे ।
प्रदेशका शिक्षा मन्त्री यादवले आईतवार साँझ प्रेस विज्ञप्ती निकालेर सोमवार हुने शिलान्यास कार्यक्रम नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले विज्ञप्तीमा भनेका छन,‘ म सो विश्वविद्यालयको सिनेटको अध्यक्ष हुँ तर मलाई कार्यक्रम वारेका कुनै जानकारी गराईएन ।
आफुलाई जानकारी नै गराएर कार्यक्रम गरेकोले विवाद उत्पन्न भएको बताउदै उनले भनेका छन,‘ दुई पक्षीय विवाद बीच कार्यक्रम गरेको खण्डमा कुनै अप्रिय घटना हुन सक्ने भएको त्यो कार्यक्रम तत्काल रोक्न निर्देशन छ । अन्यथा कार्यक्रम गरिएको खण्डमा त्यसको सम्पुर्ण जिम्मेवारी उपकुलपति र राजिस्ट्रारले लिनुपर्छ यो मन्त्रालयले कुनै जिम्मेवारी लिदैनन् ।‘ जनमत पार्टीले पनि विज्ञप्ती जारी गरि उक्त घटनालाई विरोध गरेको छ ।
यता, जसपाका प्रवक्ता तथा सो जिल्लाका प्रदेश सासद मनिष सुममले जनमत विकास विरोधी मानसिकताले सो कार्यक्रमलाई विरोध गरेको टिपण्णी गरे । सो विश्वविद्यालयको संस्थापक अध्यक्ष उपेन्द्र यादव रहेको बताउदै उनले भने,‘ उहाँको सो विद्यालयमा धेरै योगदान छ, त्यसलाई कदर गर्दै विश्वविद्यालयलाई उहाँलाई प्रमुख अतिथि बनाइयो । यो कुन ठुलो कुरा हो । भवनको शिलान्यास मात्रै हो ।
विश्वविद्यायको सिनेट बैठक वा कुनै महत्वपुर्ण कार्यक्रम भएको भए कुलपति, सहकुलपतिलाई आमन्त्र गरिन्छ । यो त विश्वविद्यालयका उपकुलपतिले गर्ने कार्य हो । त्यसकारण यसमा कसलाई बोलाउने नबोलाउने उहाँहरुको अधिकारको कुरो हो ।’
सो विश्वविद्यालयको कुलपति मुख्यमन्त्री र सहकुलपति शिक्षा मन्त्री रहने व्यस्था ऐनमा छ ।
विकास निर्माणको काममा जनमतका कार्यकर्ताहरुले सहयोग गर्नुको साट्टो विरोध गरेर विकास विरोधी मानसिकता प्रदर्शन गरेको उनले टिप्पणी गरे । चालु शैक्षिक सत्रदेखि यो विश्वविद्यालयले कृषि विज्ञानतर्फ पठनपाठन सञ्चालन गरे पनि विद्यार्थीको संख्या न्यून छ । मधेश कृषि विश्वविद्यालयले कृषि, पशु, माछा र खाद्य विज्ञानमध्ये कृषि विज्ञानको पठनपाठन गर्ने भनिएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरका अनुसार चारवर्षे बीएस्सीएजीको पठनपाठन सुरु हुँदा अहिले ४९ जना विद्यार्थी मात्रै छन् ।
मधेश कृषि विश्वविद्यालयको आफ्नो भवन नभई अहिले एक शैक्षिक तालिम केन्द्रको भवन भाडामा लिई सञ्चालन हुँदै आएको छ ।