LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम, ७ माघ । राष्टिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदबारलाई विजयी बनाउने उद्देश्यबाट आईतवार प्रदेशभरीकै मतदाताहरुलाई राखेर अभिमुखिकरण कार्यक्रम भएका छन् ।
सत्ता गठबन्धनद्वारा आज जनकपुरधाम स्थित महेन्द्रनारायण निधी मिथिला साँस्कृति केन्द्रमा आज आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीका पुजा चौधरी दुई जना राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार रहेको हुँदा उहाँहरुलाई विजयी बनाउनुपर्ने गठबन्धनको जिम्मेवारी भएको हुँदा प्रदेशभरीकै राष्ट्रिय सभाका उम्मेदवारलाई मत दिन मतदाताहरुलाई उपस्थिति रहेका थिए ।
नेपाली काँग्रेस मधेश प्रदेश सभपाति कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव, काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेकपा माओवादीका बर्षमान पुन, लोसपाका जितेन्द्र सोनल, नेकपा एसका प्रदेश सदस्य लगायतका नेताहरुले हाम्रा दुई जना सदस्य पदका उम्मेदवार ढुंगाना र चौधरीलाई जिताउने प्रमुख लक्ष्य रहेको स्पष्ट पार्दै सत्तारुद्ध गठबन्धन बीचको सम्बन्धलाई अझ प्रगाढ बनाएर प्रादेशिक सरकारको साथै संघिय सरकारलाई पनि पूरा अवधी संचालन गर्नमा पनि अहिलेको समिकरणले संकेत गर्ने बताए ।
२०८० माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभाको निर्वाचनमा उमेदवारद्वय आनन्दप्रसाद ढुंगाना र पुजा चौधरी लाई विजय गराउन अभिमुखरण अभियानमा प्रदेश सभा सदस्यहरु, मेयरहरु, उपमेयरहरु र गाउँपालिका अध्यक्षहरु र उपाध्यक्षहरु लगायतका प्रतिनिधिहरुको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेस प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

सम्बन्धित खबर