LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषा र महोत्तरीको सिमामा पर्ने रातु पुल नजिकै एक व्यापारीको ९ लाख ६० हजार रुपैयाँ लुटिएको छ ।
धनुषाको बरहरीस्थित चित्रा आयल स्टोरका कर्मचारी धुव्र कुमार बस्नेत आज विहान साढे १० बजेको समयमा पेट्रोलियम पर्दाथको लागि ९ लाख ६० हजार रुयैपाँ लिएर महोत्तरीको बर्दिवासस्थित एक बैंकमा डिपोटि गर्न गईरहेको वेलामा रातु पुल नजिक अज्ञात समुहले हतियार देखाएर पैसा लुटि फरार भएका छन् ।
एल्फाबेट खुल्न नसकेको कालो रंङ्गको ५३१ नम्बरको एप्पाची मोटरसाईकलमा तीन जनाको समुहमा रहेका हतियारधारी अज्ञात समुहले बस्नेत चढेको मोटरसाईकलमा पछाडिबाट ठक्कर दिए लडाएका थिए । दुई जनाले हतियार देखाउदै बस्नेतले झोलामा राखेको पैसा लुटि धनुषाको किसाननगर तर्फ भागेको पेट्रोलियम डिलर एशोसिएनका जनकपुरधामका महासचिव सत्रुधन यादवले जानकारी दिए ।

उक्त घटनाको क्रममा त्यहाँ रहेका स्थानीयवासीहरुले हतियारलेस अपराधिहरुलाई केहि गर्न नसकेको उनले बताए ।
पेट्रोलियम डिलर एशोसिएनका जनकपुरधामका अध्यक्ष विष्णु देव साहले पैसा लुटेर फरार भएका अज्ञात समुहलाई खोजी गरि कानुन अनुसार कारर्वाही गर्न माग समेत गरेको छ ।

यता, मधेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामबाबु महतोले पैसा लुटने गिरोहको खोजि कार्य तिव्र रुपमा भईरहेको बताए । उनले महोत्तरी र धनुषाका प्रहरीले संयुक्त रुपमा गिरोहलाई खोजी रहेको बताए ।

सम्बन्धित खबर