जनकपुरधाम । जनता समाजवादी पार्टी र जनमत पार्टी बीचको टकरावको श्रृखला मधेश प्रदेश सरकारको समर्थन फिर्ता सम्म पुगेको छ ।
मंगलवार जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै एक वर्षे सत्ता साझेदारी पनि तोडेको छ ।
मधेश प्रदेश सरकारमा जनमतबाट शिक्षा तथा सास्कृतिक मन्त्री बनेका जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मंगलवार पदबाट राजिनामा दिदै पार्टीले सरकारलाई लिएको समर्थन समेत फिर्ता लिएको जनाएको छ ।
जनमत पार्टीका सचिव विपी साहले मधेश सरकारले भष्ट्राचारको डुबेको तथा सत्ता साझेदार दलको हैसियतमा व्यवहार नगरेको कारण मन्त्रीहरु फिर्ता बोलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । सत्ता गठबन्धनमा भएको सम्झौता अनुसार मुख्यमन्त्री यादवले व्यवहार नगरेको उनले आरोप लगाए ।
सरकारमा भएपनि पार्टीले कहिले सरकारको अनुभुति गरेनन,उनले भने,‘ हाम्रो भागमा परेको समाजिक विकास मन्त्रालयलाई बिना सहमति तीन टुक्रा गरियो, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसियो, हाम्रा पार्टीको भागमा परेका नयाँ मन्त्रालयहरुको कार्यविभाजनमा ढिलाई गर्ने, गठबन्धनको सरकार भएपनि मुख्यमन्त्री आफुखुसी निर्णय गर्ने परिपाटि थियो । त्यसकारण भष्ट्र सरकारमा बसेर सरकारको भष्ट्रचारको साक्षि बनेर हामी बस्न सकेनौ ।’
मधेश प्रदेश सरकारको गबठन्ध तोडिएपनि केन्द्र र लुम्बनि प्रदेशको हकमा अहिले सम्म पार्टीले कुनै निर्णय नगरेको उनले बताए ।
यता, जसपाका प्रवक्ता तथा मधेश प्रदेश सासद मनिष सुमनले जनमतको सरकार वर्हिगमनलाई समान्य रुपमा लिएको बताए । जनमतलाई हामीले सरकारबाट आज भोलिमा निकाल्ने तयार नै गरेका थियौ, प्रवक्ता सुमनले भने,‘ तर उनीहरु आफै निक्लेर सरकारलाई सहजता गर दिएको ।’
‘महाभारतमा शिषाशु पाललाई एक सय गल्ती माफ गर्ने भनेको थियो तर उनी १ सय १ गल्ती गर्दा माफ गरिएनन, भने जस्तै जनमतले सत्तामा भएरपनि जसपासँग टकरावको श्रृखला नै चलायो तर पनि हामी माफ गर्दै गर्यो तर पछिल्लो समय यति भएर निकाल्ने अवस्थामा पुगेका थियौ,’ उनले भने ।
जनमतको मन्त्री राजिनामा दिएपछि मुख्यमन्त्री यादवले तत्काल आफैसँग शिक्षा तथा सास्कतिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राखेको उनले बताए ।