LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित नेपाली काँग्रेसले आजदेखि मधेश प्रदेशमा अभियान सुरु गरेको छ ।
प्रदेशको पर्सा , बारा, रौतहट, सर्लाही, महोत्तरी , धनुषा , सिराहा र सप्तरीको जिल्लाका सबैको वडा– वडामा उक्त अभियान सुरु गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रिय सदस्यहरु पर्सा किरण यादब , बारा अनिल रुकटा , रौतहट अजय सिवाकोटी ,सर्लाही गणेश लामा , महोत्तरी पदम नारायण चौधरी , धनुषा राजिव ढुंगाना , सिराहा अमृत अर्याल र सप्तरी लक्ष्मी खडिवडा केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरु नेतृत्वमा काँग्रेसका नेताहरु वडा वडामा गएर भेटघाट तथा विभिन्न कार्यक्रम गरिरहेको छ ।

उक्त अभियानमा मधेस कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीहरु, नगर सभापति , माहासमिति सदस्य , माहाधिवेशन प्रतिनिधिहरु , पुर्व पधिकारी , संगठनका जिम्मेवार पदाधिकारीहरुलाई खटेका छन् ।
२६ गते सम्म चल्ने उक्त अभियान अन्तर्गत जनताका अपेक्षा, सुझाव र गुनासा संकलन गर्ने त्यसको समाधानको लागि सक्दो प्रयास गर्न नेताहरुलाई पार्टीका महामन्त्री गगन थापाले निर्देशन समेत दिएका छन् ।

महामन्त्री थापा आफैपनि विभिन्न जिल्लाहरुमा सहभागि हुने कार्यक्रम रहेको नेपाली काँग्रेसका सुचना संचार तथा प्रचार प्रसार विभागमा मधेश प्रदेश प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक कस्ता कस्ता सेवाहरु पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेस सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेकाले उक्त अभियान संचालन गरिएको गुप्ताले बताए ।

त्यसैगरि, अभियानलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादब र मधेस प्रदेश उप सभापति विरेन्द्र प्रसाद सिंहलाई समेत खटाइएको छ ।

 

सम्बन्धित खबर