LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित नेपाली काँग्रेसले आजदेखि मधेश प्रदेशमा अभियान सुरु गरेको छ ।
प्रदेशको पर्सा , बारा, रौतहट, सर्लाही, महोत्तरी , धनुषा , सिराहा र सप्तरीको जिल्लाका सबैको वडा– वडामा उक्त अभियान सुरु गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रिय सदस्यहरु पर्सा किरण यादब , बारा अनिल रुकटा , रौतहट अजय सिवाकोटी ,सर्लाही गणेश लामा , महोत्तरी पदम नारायण चौधरी , धनुषा राजिव ढुंगाना , सिराहा अमृत अर्याल र सप्तरी लक्ष्मी खडिवडा केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरु नेतृत्वमा काँग्रेसका नेताहरु वडा वडामा गएर भेटघाट तथा विभिन्न कार्यक्रम गरिरहेको छ ।

उक्त अभियानमा मधेस कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीहरु, नगर सभापति , माहासमिति सदस्य , माहाधिवेशन प्रतिनिधिहरु , पुर्व पधिकारी , संगठनका जिम्मेवार पदाधिकारीहरुलाई खटेका छन् ।
२६ गते सम्म चल्ने उक्त अभियान अन्तर्गत जनताका अपेक्षा, सुझाव र गुनासा संकलन गर्ने त्यसको समाधानको लागि सक्दो प्रयास गर्न नेताहरुलाई पार्टीका महामन्त्री गगन थापाले निर्देशन समेत दिएका छन् ।

महामन्त्री थापा आफैपनि विभिन्न जिल्लाहरुमा सहभागि हुने कार्यक्रम रहेको नेपाली काँग्रेसका सुचना संचार तथा प्रचार प्रसार विभागमा मधेश प्रदेश प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक कस्ता कस्ता सेवाहरु पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेस सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेकाले उक्त अभियान संचालन गरिएको गुप्ताले बताए ।

त्यसैगरि, अभियानलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादब र मधेस प्रदेश उप सभापति विरेन्द्र प्रसाद सिंहलाई समेत खटाइएको छ ।

 

सम्बन्धित खबर