LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । आजदेखि जनकपुरधाममा चौथो जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ ।
उक्त महोत्सवको उदघाटन पुर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।
मैथिली विकास कोष, मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनले संयुक्त रुपमा आयोजक रहेको उक्त महोत्सवको सहसंयोजकको रुपमा जनकपुरधाम उपमहानगरपालिका रहेको छ ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा आजदेखि सुरु भएको महोत्सव २२ माघ सम्म चल्ने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । महोत्सवको उद्घाटन अघि आजै जनकपुरधाममा विभिन्न सामुदायको झाँकीसहित जनकपुरधाममा नगरदर्शन कार्यक्रम गरिएको छ । स्थानीय वारहविघा मैदानबाट उक्त झाँकीसहितको र्याली निकालिएको छ ।


महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताए ।

त्यसैगरी महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको पनि कोषले जनाएको छ ।

कोषले विसं २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । यो महोत्सवमा करिब ५२ लाख अनुमान गरिएको अध्यक्ष चौधरीले बताए ।

सम्बन्धित खबर