LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । आजदेखि जनकपुरधाममा चौथो जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ ।
उक्त महोत्सवको उदघाटन पुर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।
मैथिली विकास कोष, मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनले संयुक्त रुपमा आयोजक रहेको उक्त महोत्सवको सहसंयोजकको रुपमा जनकपुरधाम उपमहानगरपालिका रहेको छ ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा आजदेखि सुरु भएको महोत्सव २२ माघ सम्म चल्ने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । महोत्सवको उद्घाटन अघि आजै जनकपुरधाममा विभिन्न सामुदायको झाँकीसहित जनकपुरधाममा नगरदर्शन कार्यक्रम गरिएको छ । स्थानीय वारहविघा मैदानबाट उक्त झाँकीसहितको र्याली निकालिएको छ ।


महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताए ।

त्यसैगरी महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको पनि कोषले जनाएको छ ।

कोषले विसं २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । यो महोत्सवमा करिब ५२ लाख अनुमान गरिएको अध्यक्ष चौधरीले बताए ।

सम्बन्धित खबर