LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा अशोक चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघको सभा हलमा शनिवार अवेर राती सम्म भएको निर्वाचनमा चौधरी २ सय ३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले १ सय ७५ मत पाएका छन् । त्यसैगरि,अध्यक्ष पदकै अर्का उम्मेदवारहरु जगदिश महासेठले ६४ र प्रदिप गुप्ताले मात्र १९ मत ल्याउन सकेका छन् ।
त्यसैगरि उपाध्यक्षमा जय प्रकाश साह (पप्पु) १ सय ३९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार साहले १ सय १८ मत पाएका छन् ।
महासचिवमा रुपेश सिंह मुन्ना १ सय ३४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा राजेश दास काले १ सय १ मत पाएका छन् । सचिवमा मनोज कुमार साह २ सय ८ र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव १ सय ६४ मतका साथ विजयी भएका छन् ।त्यसैगरि, सदस्यहरुमा राजिव कुमार साह, दिपक यादव र कमलेश कुमार जयसवाल विजयी भएका हुन ।

सम्बन्धित खबर