LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धार्मिक सद्भाव तथा आपसि भाईचारा संदेश दिने उदेश्यले मुस्लिम आयोगलले इस्लामिक पवित्र महिना रमजानको सामुहिक इफ्तार कार्यक्रमको आयोजना गरेको छ ।
रमजानको २८ औं दिनको अवसरमा आयोगले जनकपुरधाममा इफ्तार (रोजा खोल्ने ) कार्यक्रमको आयोजना त्यसमा हरेक जातजाती वर्ग तथा विभिन्न सामुदायको व्यतिmलाई आमन्त्रित गरि धार्मिक सद्भाव तथा धार्मिक सहंषुताको संदेश दिएको छ ।
इफ्ता कार्यक्रममा सहभागि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाईचारा तथा सामाजिक सद्भाव बृद्धि गर्ने गरेको बताए ।
सामाजमा शदियौं देखि हिन्दू तथा मुस्लिम समुदाय एक्कै ठाउँमा बस्दै आएको बताउँदै अगामी दिनमा पनि मुलुकमा शान्ति, समृद्धि तथा सामुदायिक सद्भाव कायम गर्नका लागि यस्ता प्रकारको पर्वले प्रेरणा दिने गरेको उनले बताए । सभामुख मण्डलले आत्मशुद्धि, पवित्रता तथा त्याग र समर्पण भावले गरिने दिनभरिको रोजाले मानवलाई शीतलता प्रदान गरेर शान्ति तथा समृद्धिको मागमा हिड्नका लागि प्रेरित गर्ने गरेको उनको भर्नाइ थियो ।

मधेश प्रदेशका खेलकूद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, अपसी भाईचारा बढाएर शान्ति तथा मुलुक बाँसीमा समृद्धि हाँसिल हुने आशा व्यक्त गरिन ।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेश प्रदेशमा देशकै सवै भन्दा बढी मुस्लिम समुदाय बसोवास गर्ने ठाउँ भएकाले मुस्लिम आयोगले समूहिक रोजा खोल्ने कार्यक्रम गरेर निक्कै सराहनी काम गरेको बताए ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाले अन्सारीले मुस्लिम समुदायको सवै भन्दा पवित्र महिनाको रुपमा रहेको रमजानको २८ औं दिनमा सुस्लिा तथा हिन्दू समुदायका व्यक्तिहरुलाई एक्कै ठाउँमा बोलाएर आयोगले कार्यक्रम गरेर सामाजिक सद्भाव बढाउने काम गरेको बताए ।

सामाजिक सद्भाव तथा जातिय एकता कायम गर्नका लागि हिन्दूहरुको दशै तथा छठ पर्वमा पनि शुभकामना आदान प्रदान गर्दै आएको बताउदै उनले यस्ता कार्यक्रमले धार्मिक सहिष्णुता कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास आफुहरुको विश्वास रहेको बताए ।
मुस्लिम आयोगका सचिव चण्डिका प्रसाद घिमिरेले प्रेम, सद्भाव तथा त्यागको महिनाको रुपमा रहेको रमजानले सामाजिक तथा धार्मिक सद्भाव कायम गराउनमा ठूलो मद्दत पुग्ने बताए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश सभाका सदस्य जैनुल राईन, आयोगका सदस्य तथा प्रवक्ता मिर्जा अर्शद बेग,मजिद अर्षद मिर्जा वेग, महमुदिन अली र समसुल हक सहितले मन्तव राखेका थिए ।

 

सम्बन्धित खबर