LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । धार्मिक सद्भाव तथा आपसि भाईचारा संदेश दिने उदेश्यले मुस्लिम आयोगलले इस्लामिक पवित्र महिना रमजानको सामुहिक इफ्तार कार्यक्रमको आयोजना गरेको छ ।
रमजानको २८ औं दिनको अवसरमा आयोगले जनकपुरधाममा इफ्तार (रोजा खोल्ने ) कार्यक्रमको आयोजना त्यसमा हरेक जातजाती वर्ग तथा विभिन्न सामुदायको व्यतिmलाई आमन्त्रित गरि धार्मिक सद्भाव तथा धार्मिक सहंषुताको संदेश दिएको छ ।
इफ्ता कार्यक्रममा सहभागि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाईचारा तथा सामाजिक सद्भाव बृद्धि गर्ने गरेको बताए ।
सामाजमा शदियौं देखि हिन्दू तथा मुस्लिम समुदाय एक्कै ठाउँमा बस्दै आएको बताउँदै अगामी दिनमा पनि मुलुकमा शान्ति, समृद्धि तथा सामुदायिक सद्भाव कायम गर्नका लागि यस्ता प्रकारको पर्वले प्रेरणा दिने गरेको उनले बताए । सभामुख मण्डलले आत्मशुद्धि, पवित्रता तथा त्याग र समर्पण भावले गरिने दिनभरिको रोजाले मानवलाई शीतलता प्रदान गरेर शान्ति तथा समृद्धिको मागमा हिड्नका लागि प्रेरित गर्ने गरेको उनको भर्नाइ थियो ।

मधेश प्रदेशका खेलकूद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, अपसी भाईचारा बढाएर शान्ति तथा मुलुक बाँसीमा समृद्धि हाँसिल हुने आशा व्यक्त गरिन ।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेश प्रदेशमा देशकै सवै भन्दा बढी मुस्लिम समुदाय बसोवास गर्ने ठाउँ भएकाले मुस्लिम आयोगले समूहिक रोजा खोल्ने कार्यक्रम गरेर निक्कै सराहनी काम गरेको बताए ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाले अन्सारीले मुस्लिम समुदायको सवै भन्दा पवित्र महिनाको रुपमा रहेको रमजानको २८ औं दिनमा सुस्लिा तथा हिन्दू समुदायका व्यक्तिहरुलाई एक्कै ठाउँमा बोलाएर आयोगले कार्यक्रम गरेर सामाजिक सद्भाव बढाउने काम गरेको बताए ।

सामाजिक सद्भाव तथा जातिय एकता कायम गर्नका लागि हिन्दूहरुको दशै तथा छठ पर्वमा पनि शुभकामना आदान प्रदान गर्दै आएको बताउदै उनले यस्ता कार्यक्रमले धार्मिक सहिष्णुता कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास आफुहरुको विश्वास रहेको बताए ।
मुस्लिम आयोगका सचिव चण्डिका प्रसाद घिमिरेले प्रेम, सद्भाव तथा त्यागको महिनाको रुपमा रहेको रमजानले सामाजिक तथा धार्मिक सद्भाव कायम गराउनमा ठूलो मद्दत पुग्ने बताए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश सभाका सदस्य जैनुल राईन, आयोगका सदस्य तथा प्रवक्ता मिर्जा अर्शद बेग,मजिद अर्षद मिर्जा वेग, महमुदिन अली र समसुल हक सहितले मन्तव राखेका थिए ।

 

सम्बन्धित खबर