LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध हिमालभन्दा उच्चो र समुद्रभन्दा गहिरो रहेको बताएका छन् ।
स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौ द्वारा नयाँ बर्षको अवसरमा शनिवार जनकपुरधाममा आयोजना गरेको द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारत बिचको सम्बन्ध अतुल्नीय रहेको बताए ।
नेपाल भारत बिचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता– जनता बिच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने,‘यो कुराको पुष्टि भारतको अयोध्यामा रामलालाको मन्दिरको प्राण प्रतिष्ठा को बेला दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।’
सिमा क्षेत्रमा सुरक्षा र तस्करीको नाँउमा केही वर्षयता सर्वसाधारण संग सुरक्षाकर्मीहरुबाट भै रहेको व्यबहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भईरहेको बताउदै मुख्यमन्त्री यादवले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गरे । भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहसहितका वक्ताहरुले नेपाल भारतको साँस्कृतिक महत्व वारे प्रकाश पारेका थिए ।
कार्यक्रममा अर्थ बिध डा.हरिवंश झाले माता जानकी महिमा तथा धर्म ग्रन्थहरुमा नेपाल भारतको साझा सांस्कृतिको विषयमा चर्चा गरेका थिए । महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनी, मिथिला व्यंजनको प्रदर्शन तथा विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी समेत गरिएको छ ।

सम्बन्धित खबर