LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध हिमालभन्दा उच्चो र समुद्रभन्दा गहिरो रहेको बताएका छन् ।
स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौ द्वारा नयाँ बर्षको अवसरमा शनिवार जनकपुरधाममा आयोजना गरेको द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारत बिचको सम्बन्ध अतुल्नीय रहेको बताए ।
नेपाल भारत बिचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता– जनता बिच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने,‘यो कुराको पुष्टि भारतको अयोध्यामा रामलालाको मन्दिरको प्राण प्रतिष्ठा को बेला दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।’
सिमा क्षेत्रमा सुरक्षा र तस्करीको नाँउमा केही वर्षयता सर्वसाधारण संग सुरक्षाकर्मीहरुबाट भै रहेको व्यबहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भईरहेको बताउदै मुख्यमन्त्री यादवले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गरे । भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहसहितका वक्ताहरुले नेपाल भारतको साँस्कृतिक महत्व वारे प्रकाश पारेका थिए ।
कार्यक्रममा अर्थ बिध डा.हरिवंश झाले माता जानकी महिमा तथा धर्म ग्रन्थहरुमा नेपाल भारतको साझा सांस्कृतिको विषयमा चर्चा गरेका थिए । महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनी, मिथिला व्यंजनको प्रदर्शन तथा विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी समेत गरिएको छ ।

सम्बन्धित खबर