LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडने निर्णय गरेको छ ।
पार्टीले सरकार छोडने निर्णय गरेसँगै मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले मंगलवार नै राजीनामा दिएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितमा लोसपा संसदीय दलको मंगलवार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने तथा सरकार छोडने निर्णय गरेको थियो । पार्टीको निर्णय पश्चात वन मन्त्री कुर्मीले मुख्यमन्त्री यादवलाइृ राजिनमा समेत बुझाएका छन् ।
मधेशमा लोसपाका ९ प्रदेश सांसद छन् । लोसपाका संसदीय दलका नेता सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा अदालतले दोषि ठहर गरेदेखि उनी अहिले फरार रहेका छन् ।
मुख्यमन्त्री यादवले दुई वटा मन्त्रालय दिने भनेर आवश्वास दिदै आएको अहिले सम्म नदिएको तथा मुख्यमन्त्री यादव नेतृत्वको सरकारको चौतर्फि आलोचना हुने गरेकोले पनि पार्टीले विश्वासको मत नदिने निर्णय भएको लोसपाका एक प्रदेश सासदले बताए ।
आज मुख्यमन्त्री यादवले सभाबाट विश्वासको मत लिने कार्यक्रम अहिले सम्म स्थगित रहेको छ । सभाको वैठक सुरु भएलगतै जनमत पार्टीले राजविराजस्थित कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा आफ्ना पार्टीका विभागिय मन्त्री मधेश प्रसाद यादवलाई प्रहरीद्वारा गरिएको लाठि चार्ज तथा कुटपिटको विषयमा मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै जनमतले प्रदेश सभाको वैठक अवरुद्ध गरेको छ । जनमतको विरोध कार्यक्रममा काँग्रेसले पनि सहयोग गरेको छ । सभामै मुख्यमन्त्री विरुद्ध नारावाजी भएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि प्रदेश सभाको वैठक स्थगित गरेको थियो । तर प्रदेश सभाको वैठक स्थगित भएको ३ घण्टा हुन लागेपनि अहिले सम्म सुचारु हुने सम्भावना देखिएको छैन ।
सभामुखले दुवै पक्षलाई बोलाएर छलफल गरेपनि दुवै पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । यस्तो अवस्थामा आजको मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना कम रहेको एक सासदले बताए । ९ चैतमा काँग्रेसले आफ्ना समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौथौ पटक विश्वासको मत लिन लागेको हो ।

 

सम्बन्धित खबर