LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडने निर्णय गरेको छ ।
पार्टीले सरकार छोडने निर्णय गरेसँगै मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले मंगलवार नै राजीनामा दिएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितमा लोसपा संसदीय दलको मंगलवार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने तथा सरकार छोडने निर्णय गरेको थियो । पार्टीको निर्णय पश्चात वन मन्त्री कुर्मीले मुख्यमन्त्री यादवलाइृ राजिनमा समेत बुझाएका छन् ।
मधेशमा लोसपाका ९ प्रदेश सांसद छन् । लोसपाका संसदीय दलका नेता सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा अदालतले दोषि ठहर गरेदेखि उनी अहिले फरार रहेका छन् ।
मुख्यमन्त्री यादवले दुई वटा मन्त्रालय दिने भनेर आवश्वास दिदै आएको अहिले सम्म नदिएको तथा मुख्यमन्त्री यादव नेतृत्वको सरकारको चौतर्फि आलोचना हुने गरेकोले पनि पार्टीले विश्वासको मत नदिने निर्णय भएको लोसपाका एक प्रदेश सासदले बताए ।
आज मुख्यमन्त्री यादवले सभाबाट विश्वासको मत लिने कार्यक्रम अहिले सम्म स्थगित रहेको छ । सभाको वैठक सुरु भएलगतै जनमत पार्टीले राजविराजस्थित कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा आफ्ना पार्टीका विभागिय मन्त्री मधेश प्रसाद यादवलाई प्रहरीद्वारा गरिएको लाठि चार्ज तथा कुटपिटको विषयमा मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै जनमतले प्रदेश सभाको वैठक अवरुद्ध गरेको छ । जनमतको विरोध कार्यक्रममा काँग्रेसले पनि सहयोग गरेको छ । सभामै मुख्यमन्त्री विरुद्ध नारावाजी भएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि प्रदेश सभाको वैठक स्थगित गरेको थियो । तर प्रदेश सभाको वैठक स्थगित भएको ३ घण्टा हुन लागेपनि अहिले सम्म सुचारु हुने सम्भावना देखिएको छैन ।
सभामुखले दुवै पक्षलाई बोलाएर छलफल गरेपनि दुवै पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । यस्तो अवस्थामा आजको मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना कम रहेको एक सासदले बताए । ९ चैतमा काँग्रेसले आफ्ना समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौथौ पटक विश्वासको मत लिन लागेको हो ।

 

सम्बन्धित खबर