जनकपुरधाम । प्रमुख प्रतिपक्षीसहितका दलहरुको अवरोध बीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन सफल भएका छन् ।
मंगलवार तेस्रो पटकको प्रयासको मुख्यमन्त्री यादवले विश्वासको मत लिन सफल भएका हुन् । सभामा उपस्थित सासद मध्ये बहुतको लागि ५३ मत आवश्यक रहेकोमा मुख्यमन्त्री यादवले ६१ मत पाएका हुन् । उनले सभाबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिइरहदाँ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनमत र लोसपाले सभाको बैठक नै वहिस्कार गरि वाहिर सभाको परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनु अघि सत्ता गठबन्धनका रहेका दलका सासदहरुसँग पहिला नै हस्ताक्षर गराई सकेका थिए । लोसपाले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री यादवसँग अहिले एमालेको २५, जनमतको १९, माओवादीको ९ र एकिकृत समाजवादी पार्टीको ७ मत गरि ५८ मत पक्षमा रहेका छन् ।
तेस्रो पटक वैठक सुरु हुदाँ वैठक अवरुद्ध गर्न खोजेका जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुखले म्यर्दापालक लगाएर निकाल्न लगाएका थिए । त्यसपछि नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले यो लोकतान्त्रिक व्यवस्था विरुद्ध रहेको र यो प्रदेश सभामा गलत अभ्यास गएको भन्दै विरोध गर्दै वैठक वहिस्कार गर्दै आफ्ना सासदसहित वाहिरिएका थिए । त्यसपछिसरकारको विपक्षी दल विहिन रहेको सभाबाट विश्वासको मत लिनु लोकतान्त्रिक व्यवस्थाको विपरित रहेको भन्दै लोसपाले पनि बैठक वहिस्कार गरि सभाको परिसरमा काँग्रेस, जनमतसँगै विरोध प्रदर्शन गरेका थिए ।
यस अघि दोस्रो पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिन खोज्दा विपक्षीहरुले संसदले प्रदेश सभा कुर्सि तथा माईकमा तोडफोड गरेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरेका थिए ।
सो अघि पहिलो पटक सभाको वैठक सुरु भएलगतै जनमत पार्टीले राजविराजस्थित कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा आफ्ना पार्टीका विभागिय मन्त्री मधेश प्रसाद यादवलाई प्रहरीद्वारा गरिएको लाठि चार्ज तथा कुटपिटको विषयमा मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै जनमतले प्रदेश सभाको वैठक अवरुद्ध गरेको थियो । तर सरकारले उक्त घटनाको विषयमा संसदका प्रदेश मामिला समितिले छानिबिन गर्ने र दोषिलाई कारर्वाही गर्ने सहमत भएकोले प्रदेश सभा संचालनमा सहयोग गर्न आग्रहा गरेका थिए ।
जनमतको विरोध कार्यक्रममा काँग्रेसले पनि सहयोग गरेको छ । सभामै मुख्यमन्त्री विरुद्ध नारावाजी भएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि प्रदेश सभाको वैठक स्थगित गरेको थियो ।
लोसपाले पनि छोड्यो मधेश सरकार
लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडने निर्णय गरेको छ ।
पार्टीले सरकार छोडने निर्णय गरेसँगै मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले मंगलवार नै राजीनामा दिएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितमा लोसपा संसदीय दलको मंगलवार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने तथा सरकार छोडने निर्णय गरेको थियो । पार्टीको निर्णय पश्चात वन मन्त्री कुर्मीले मुख्यमन्त्री यादवलाइृ राजिनमा समेत बुझाएका छन् ।
मधेशमा लोसपाका ९ प्रदेश सांसद छन् । लोसपाका संसदीय दलका नेता सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा अदालतले दोषि ठहर गरेदेखि उनी अहिले फरार रहेका छन् ।
मुख्यमन्त्री यादवले दुई वटा मन्त्रालय दिने भनेर आवश्वास दिदै आएको अहिले सम्म नदिएको तथा मुख्यमन्त्री यादव नेतृत्वको सरकारको चौतर्फि आलोचना हुने गरेकोले पनि पार्टीले विश्वासको मत नदिने निर्णय भएको लोसपाका एक प्रदेश सासदले बताए ।
मुख्यमन्त्री यादवको क्रेज घट्दै
२०७९ माघ ४ गते पहिलो पटक मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत लिदा प्रदेश सभाको शतप्रतिशत मत पाएका थिए । त्यसपछि दोस्रो पटक विश्वासको मत लिदाँ पनि उनी सभाबाट शतप्रतिशत मत सभाका पाएका थिए । तेस्रो पटक गत ६ फागुनमा विश्वासको मत लिदाँ उनको पक्षमा ६९ मत पाएका थिए । र चौथो पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिदा जम्मा ६१ मत पाएका हुन् ।