LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले १५ महिनाको कार्यकालमा ११ पटक आफ्ना मन्त्रिपरिषद विस्तार गरेका छन् ।
केन्द्रमा हुने सत्ता गठबन्धन फेरबदलका कारण मधेश प्रदेशमा पनि पटक पटक सत्ता समिकरण फेरिदै आएको छ । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवि भण्डारीले बिहिवार मधेश प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्रीलाई सपथ गराएकी हुन् ।
मन्त्री हुनेमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली रहेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १(२)बाट निर्वाचित साहलाई तत्काल बिनाबिभाग्यि मन्त्री बनाईएको छ भने रौैतहट ४ (१)बाट निर्वाचित भट्टराईलाई उद्योग वाण्ज्यि तथा पर्यटन मन्त्री बनाईएको छ । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको छ ।
त्यसैगरि, सर्लाही १(२) बाट निर्वाचित लुगेंलीपनि अहिले बिना बिभागिय मन्त्रीको रुपमा सपथ लिएका हुन् । नेकपा एसका एक सासदले लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताए ।
त्यसैगरि, नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको रुपमा शपथ लिएकी छन् । मुख्यमन्त्री यादवले अहिले आफुसँग श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखेका छन् । गत बैशाख ४ गते लोकतान्त्रिक पार्टीका रमेश प्रसाद कुर्मीले वन तथा वातावरण मन्त्रीबाट राजिनामा दिएका थिए । आज भएको मन्त्रीपरिषद विस्तारसँगै अव मधेश प्रदेशमा मन्त्री १२ र राज्यमन्त्रीको संख्या ३ पुगेको छ ।

सम्बन्धित खबर