LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । नेपाल संघयि समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई भेट गरेर जनभावना अनुसार काम गर्न सुझाएका छन् ।
प्रदेश सरकारले कामकारर्वाही प्रभावकारी हुन नसकेका कारण सबभन्दा संघीयताको उद्गम स्थल मधेश प्रदेशका संघीयता विरोध तत्वहरु सक्रिय रहेको भन्दै अध्यक्ष अन्सारीले संघीयता र संविधानको संरक्षण गर्दै विकास निर्माणको कामलाई गति दिन मुख्यमन्त्री यादवसँग आग्रहा समेत गरे ।
बिहिवार विहान मुख्यमन्त्री निवासमा भएको भेटघाटमा अध्यक्ष अन्सारीले भने,‘ संघीयताको लागि पटक मधेश आन्दोलन भएको छ, संघीयताकै लागि कयौ मधेशका बेटाले शहादत दिएका छ, मधेश आन्दोलनको जगमा निर्माण भएको यो सरकारलाई संघियता व्यवस्थाको संरक्षण गर्नु पहिलो कर्तव्य हो । त्यसकारण संघीयताप्रति फैलिएको वितृष्णालाई चिर्ने गरि प्रदेश सरकारलाई काम गर्नुको विकल्प छैन ।’
मुलुकमा संघीयता विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनले भने,‘ हाम्रो पार्टी संघीयता पक्षधर पार्टी हो । त्यसकारण बिना शर्त प्रदेश सरकारलाई विश्वासको मत दिदै आएको छु । त्यो विश्वासको वातावरण कायम राख्न प्रदेश सरकारको दायित्व हो ।’


समाजमा पछाडि परेका वर्ग, दलित, मुस्लिम,आदीवासी जनजातीसहितलाई आर्थिक समाजिक, शैक्षिक सुधारको क्षेत्रका काम गर्न उनले मुख्यमन्त्रीसँग अनुरोध गरे । सँगै लामो समयदेखि प्रदेश सभामा रहेको मदर्शा शिक्षा विद्येयकलाई पास गराई मदर्शाहरुलाई राज्यको मुलधारको शिक्षामा सामेल गराउनुपर्ने उनले मुख्यमन्त्रीसँग माग समेत गरे ।

 

 

 

सम्बन्धित खबर