LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सुख्खा आयाम सुरु भएसँगै मधेश प्रदेशमा अगालगिका घटनामा वृद्धि भएको छ । आईतबार मात्रै मधेश प्रदेशको विभिन्न जिल्लामा आगलगीमा परि झण्डै अढाई दर्जन घर जलेर नष्ट भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–५, पडेमारामा भएको भिषण आगलगीमा परि १२ परिवारका दुई दर्जन घर जलेर नष्ट भएको छ । स्थानीय लामोहन सरदारको गोठमा रहेको चुल्होबाट आगोले समयमा नियन्त्रण हुन नसक्दा भिषण रुप लिएको थियो । उक्त घटनामा २ बख्रासहित घरमा रहेका खाद्यन्न, लताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनामा मानवीय क्षति नभएपनि करिव २५ लाख मुल्य बराबरको समान जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दिउँसो ३ बजे सुरु भएएको आगलगि ४ बजेपछि मात्र नियन्त्रणमा आएको थियो । त्यसैगरि, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाका–१ भलुवाहिमा लागलगिमा परि ५ घर जलेर नष्ट भएको छ ।

दशगजा नजिकै रहेको उक्त गाउँको ५ घर, एक कुकुरा फर्म र करिव १० विघा जमिनको गहुँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गहुँ खेतमा लगाएको आगोको झिल्का हावसँगै उछिटिएर नेपाली गाउँ भलुवाहिका सन्तोष पासवान, मुकेश पासवानसहितका घरमा लागो लगेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर