LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । सुख्खा आयाम सुरु भएसँगै मधेश प्रदेशमा अगालगिका घटनामा वृद्धि भएको छ । आईतबार मात्रै मधेश प्रदेशको विभिन्न जिल्लामा आगलगीमा परि झण्डै अढाई दर्जन घर जलेर नष्ट भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–५, पडेमारामा भएको भिषण आगलगीमा परि १२ परिवारका दुई दर्जन घर जलेर नष्ट भएको छ । स्थानीय लामोहन सरदारको गोठमा रहेको चुल्होबाट आगोले समयमा नियन्त्रण हुन नसक्दा भिषण रुप लिएको थियो । उक्त घटनामा २ बख्रासहित घरमा रहेका खाद्यन्न, लताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनामा मानवीय क्षति नभएपनि करिव २५ लाख मुल्य बराबरको समान जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दिउँसो ३ बजे सुरु भएएको आगलगि ४ बजेपछि मात्र नियन्त्रणमा आएको थियो । त्यसैगरि, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाका–१ भलुवाहिमा लागलगिमा परि ५ घर जलेर नष्ट भएको छ ।

दशगजा नजिकै रहेको उक्त गाउँको ५ घर, एक कुकुरा फर्म र करिव १० विघा जमिनको गहुँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गहुँ खेतमा लगाएको आगोको झिल्का हावसँगै उछिटिएर नेपाली गाउँ भलुवाहिका सन्तोष पासवान, मुकेश पासवानसहितका घरमा लागो लगेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर