LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । मोटरसाइकल दुर्घटना परि धनुषामा एक संचारकर्मीको निधन भएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका–५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक खण्डमा आज बिहान ४ बजे प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । यादवसँगै मोटरसाईकलमा सवार रहेका स्थानीय लक्ष्मीनारायण यादवको घाईते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको छ । घाईते यादवको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । मृतक यादव एक वर्ष अघि वैवाहिक सम्बन्धमा बाधिएका थिए ।
मृतक यादव धनुषाका रेडियो धनुषाधामका संचालक समेत थिए । घटनामा घाईते भएका दुवै जनालाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाम ल्याएका थिए । उपचारकै क्रममा आज विहान करिव ६ बजे यादवको मत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
यता, मृतकका परिवारजनले घटना रहस्यमय भएको भन्दै छानबिनको लागि प्रहरीसँग माग गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको र केहि व्यक्तिहरुसँग सोधपुछ गरि घटनाको सत्यतथ्य वाहिर ल्याउने परिवारजनलाई आश्वासन दिएका छन् ।

सम्बन्धित खबर