LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मोटरसाइकल दुर्घटना परि धनुषामा एक संचारकर्मीको निधन भएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका–५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक खण्डमा आज बिहान ४ बजे प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । यादवसँगै मोटरसाईकलमा सवार रहेका स्थानीय लक्ष्मीनारायण यादवको घाईते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको छ । घाईते यादवको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । मृतक यादव एक वर्ष अघि वैवाहिक सम्बन्धमा बाधिएका थिए ।
मृतक यादव धनुषाका रेडियो धनुषाधामका संचालक समेत थिए । घटनामा घाईते भएका दुवै जनालाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाम ल्याएका थिए । उपचारकै क्रममा आज विहान करिव ६ बजे यादवको मत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
यता, मृतकका परिवारजनले घटना रहस्यमय भएको भन्दै छानबिनको लागि प्रहरीसँग माग गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको र केहि व्यक्तिहरुसँग सोधपुछ गरि घटनाको सत्यतथ्य वाहिर ल्याउने परिवारजनलाई आश्वासन दिएका छन् ।

सम्बन्धित खबर