LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरको रामानन्दचौकस्थित एक गेष्ट हाउसमा एक महिला पुरुष मृत अवस्थामा भेटिएको छ ।

स्थानीय होटेल होलि डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीकै लोहारपट्टी नगरपालिका– ४ करिव २५ वर्षीया प्रियंका कापर एकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुबैको शव कोठा नम्बर २सय ५ मा बरामद भएको छ ।
मृत कापरको माईती महोत्तरीको पिपरा नै रहेको बताइन्छ । गेष्ठ हाउस संचालकका अनुसार उनीहरु विगत ४ दिनदेखि एउटै कोठा लिएर सँगै बस्दै आएका थिए ।

आज विहान साढे ११ बजे तिर कोठाबाट बच्चा कराई रहेको अवाज सुनिएपछि गेष्ट हाउसका स्टाफहरुले झयाल खोलेर हेर्दा महिला पुरुष दुबै पासो लगाई झुण्डिएको र बच्चा कराई रहेको अवस्थामा देखेका थिए । त्यसपछि गेष्ट हाउसको संचालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठाको ढोका फोडेर करिव अढाई वर्षीया बालिकालाई बाहिर निकालेर आफ्ना नियन्त्रणमा लिएका छन् ।

महिला पुरुष बीच अनैतिक सम्बन्ध रहेको प्रहरीको आशंका छ । प्रहरी मृतक दुबै जनाको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् भने घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

सम्बन्धित खबर