LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । जनकपुरको रामानन्दचौकस्थित एक गेष्ट हाउसमा एक महिला पुरुष मृत अवस्थामा भेटिएको छ ।

स्थानीय होटेल होलि डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीकै लोहारपट्टी नगरपालिका– ४ करिव २५ वर्षीया प्रियंका कापर एकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुबैको शव कोठा नम्बर २सय ५ मा बरामद भएको छ ।
मृत कापरको माईती महोत्तरीको पिपरा नै रहेको बताइन्छ । गेष्ठ हाउस संचालकका अनुसार उनीहरु विगत ४ दिनदेखि एउटै कोठा लिएर सँगै बस्दै आएका थिए ।

आज विहान साढे ११ बजे तिर कोठाबाट बच्चा कराई रहेको अवाज सुनिएपछि गेष्ट हाउसका स्टाफहरुले झयाल खोलेर हेर्दा महिला पुरुष दुबै पासो लगाई झुण्डिएको र बच्चा कराई रहेको अवस्थामा देखेका थिए । त्यसपछि गेष्ट हाउसको संचालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठाको ढोका फोडेर करिव अढाई वर्षीया बालिकालाई बाहिर निकालेर आफ्ना नियन्त्रणमा लिएका छन् ।

महिला पुरुष बीच अनैतिक सम्बन्ध रहेको प्रहरीको आशंका छ । प्रहरी मृतक दुबै जनाको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् भने घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

सम्बन्धित खबर