LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |
जनकपुरधाम । मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत एक उपसचिव माथि जर्बदस्तीकरणिको मुद्दा दर्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कार्यरत उपसचिव रुपेश कुमार साह विरुद्ध बलात्कारको मुद्दा दर्ता भएको हो । मुख्यमन्त्री कार्यालयमा दशौं तह उपसचिव तहमा कार्यरत कर्मचारी साह विरुद्ध परिवर्तित नाम २०८०÷०८१—२० प ले गएको चैत ३० गतेका दिन जिल्ला प्रहरी कार्यालय धनुषामा जबरदस्तीकरणीको मुद्दाको जाहेरी दिएकी थिईन ।
प्रदेश सरकारले उपलब्ध गराएको कर्मचारी अवास भवनमा उपसचिव साह र जाहेर दिएकी पीडित महिलाको परिवार छिमेकीको रुपमा बस्दै आएका थिए । पीडित महिलाकी पती र उपसचिव साह एउटै कार्यालयमा कार्यरत रहेको र सोही हिसाबले दुवै जनामा मित्रता रहेकाले एउटै भवनको फरक फरक कोठामा बस्दै आएका थिए । छिमेकी रहेको हिसाबले दुवै जनाको एकअर्काको कोठामा आनजान लागि रहन्थियो ।
गत १८ माघको राती साढे १० बजेतिर  श्रीमान नरहेको मौका छोपि उपसचिव साहले भगवान प्रसाद भनेर त्यसमा नशालु पदार्थ मिसाएर बहोस गरी जबरदस्तीकरणी गरेको भन्ने कुरा महिलाले दिएकी जाहेरीमा उल्लेख छ ।
यता, उपसचिव साह मुद्दा दर्ता हुनुअघि १८ फागुनदेखि नै कार्यालयबाट विदा लिई फरार अवस्थामा रहेका छन् । मुख्यमन्त्री कार्यालयका सचिव अर्जुन गौतमले घटना वारे आफुलाई केहि जानकारी नरहेको बताए ।
उपसचिव साहले १८ फागुन देखि नै १५ दिनको विदा लिएका थिए, उनले भने,‘ विदा पनि सकिसकेको छ, तर पनि उहाँ अहिले हाम्रो सम्र्पकमा छैनन् ।’
३० चैतमा जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय धनुषाले गत ७ गते मात्रै जाहेरी दर्ता गरि अनुसन्धान अगाडी बढाएको छ । घटनाको अनुसन्धानको क्रममा जिप्रकाले मुख्यमन्त्री कार्यालयलाई प्रतिवादी साह बारे जानकारी पत्राचार गरी माग गरेका छन् ।
मुख्यमन्त्री कार्यालयमा जिप्रकाले गरेको पत्राचारमा साह हाल कुन पदमा कार्यरत रहेको, मन्त्रालयको निवासमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो÷होइनसहित प्रतिवादीको तीन विवरण खुल्ने नागरिकताको प्रतिलिपि तथा अन्य कागजातको प्रतिलिपि उपलब्ध गराई दिन हुन माग गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालयले आरोपित साहको  खोजतलाश गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकले भुवनेश्वर तिवारीले मुख्यमन्त्री कार्यालयका कर्मचारी साह विरुद्ध जबरदस्तीकरणीको मुद्दा दर्ता भएको र अनुसन्धान भईरहेको बताए ।

सम्बन्धित खबर