LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । निजी विद्यालयहरुले मनपोलि हिसाबले विद्यार्थीसँग रकम असुल गरेपनि गुणस्तरीय शिक्षा दिन नसकिरहेको बेला विद्यार्थीहरुको आकर्षण केन्द्र सामुदायिक विद्यालय बनेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ मा रहेको श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयले मंगलवार कक्षा ४देखि ९ सम्म विद्यार्थी भर्नाका लागि लिएको इन्ट्रान्स परीक्षामा एक हजारभन्दा बढी विद्यार्थी सहभागि भएका छन् ।

नेपाली र अंग्रेजी दुबै माध्यमबाट अध्यायपन गराउँदै आएको उक्त विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि मंगलवार इन्ट्रान्स परीक्षा लिएका थिए । उक्त परीक्षामा धनुषाका मात्र नभई महोत्तरी, सर्लाहीसहितका जिल्लाबाट सयौ विद्यार्थी सहभागि भएको विद्यालयका प्रधानध्यापक संजय झाले बताए ।
चालु शैक्षिक सत्रका लागि १ हजार १ सय ७ जना नयाँ विद्यार्थीले भर्नाका लागि आवेदन दिइएको प्रअ झाले बताए । कक्षा ४ देखि ९ सम्मका ७ सय १६ जना नयाँ विद्यार्थीले इन्ट्रान्स परीक्षामा सहभागि भएको छ । त्यसमा २ सय ३९ जना छात्रा रहेका छन् । त्यसैगरि, कक्षा १ देखि ३ सम्म ३ सय ९१ जना नयाँ विद्यार्थीले विद्यालयमा नामाकरण गराएको प्रधानध्यापक झाले बताए ।

पठनपाठनको हिसाबले निजी विद्यालयभन्दा सामुदायिक विद्यालय उत्तम रहेको दावि गर्दै प्रधानध्यापक झाले भने,‘ निजी विद्यालय कम्पनी जस्तो हो । उनीहरुले शिक्षालाई व्यापार बनाई दिएका छन् । उनीहरुको तामझाम बढी हुन्छ । तर हामी गुणस्तीय शिक्षामा जोड दिईरहेका छौ ।’
‘निजी जस्तो यहाँ कुनै एक व्यक्तिको निर्देशनमा विद्यालय संचालन हुने होईन । हामी अभिभावहरुलाई विश्वासमा लिएर पठनपाठन गराईरहेका छौ । त्यसकारण हाम्रो विद्यालयप्रति अभिभावक, विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ’,प्रअ झाले भने ।


विगत ६ वर्षदेखि अंग्रेजी माध्यममा पन पठनपाठन गराउदै आएको श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको व्यवस्थापन पक्ष निकै बलियो रहेको र विद्यार्थीहरुको पढ्ने वातावरण राम्रो रहेकोले आफ्ना छोरालाई भर्ना गराउन आएको सर्लाही हरिपुर्वाका उमेश यादवले बताए ।
‘भौतिक पुर्वाधार, शिक्षकको हिसाबले सामुदायिक विद्यालय निजीभन्दा कयौ गुणा राम्रो हुन्छ, उनले भने,‘ कतिपय सामुदायिक विद्यालयमा राजनीतिले प्रवेश पाउदाँ पठनपाठन कमजोर हुन पुगेको छ । तर त्यसलाई सुधार गर्दै जाने हो भने अझैपनि सामुदायिक विद्यालयप्रति अभिभावहरुको विश्वास बढ्न छ ।’

श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा झण्डै तीन हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । तर आवश्यक भौतिक पुर्वाधारको अभावमा दुई सिप्टमा कक्षा संचालन गर्नुपर्ने वाध्याता रहेको प्रअ झाले बताए ।


विद्यालयलाई भौतिक पुर्वाधारमा सम्पन्न बनाउन थप कक्षा कोठा र बसको आवश्यकता रहेको प्रअ झाले बताए । केहि शिक्षक निजी श्रोतमा खाटाएर विद्यार्थीहरुलाई गुणस्तीय शिक्षा दिईरहेको बताउँदै उनले भने,‘ भौतिक पुर्वाधारमा सहयोग भएको खण्डमा प्रदेशकै नमुना विद्यालय बनाउने हाम्रो लक्ष्य छ ।’

 

सम्बन्धित खबर