LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशको भौतिक पुर्वाधार तथा विकास मन्त्रालयले आफ्ना कार्यको तिव्रमा दिएको छ । चालु आर्थिक वर्ष सकिन अव केहि महिना मात्र रहेकोले भौतिक पुर्वाधार मन्त्रीले विकास निर्माणको कार्यलाई गति दिएको हो ।
शनिवार मात्रै महोत्तरीको मनराशिसवा नगरपालिकाको भोल्ही चोकदेखि भारतीय सिमा जोडने इटहर्वा सम्मको सडकको शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार तथा विकास मन्त्री सरोज यादवले शुक्रवार विहान उक्त सडकको पिसिसी ढलान कार्यक्रमको शिलान्यास गरेका हुन् ।
सो क्षेत्रको भारतीय बजारसँग जोड्ने मुल सडक भएपनि वर्षोदेखि उक्त सडक पक्की हुन सकेका थिए । सडक पक्की नहुदाँ सडकको धुलो स्थानीयवासी सास्ती खेप्न वाध्य थिए ।
मधेश प्रदेश सरकारले सो सडक निर्माणका लागि तत्काल २५ लाख विनियोजन गरेको छ । यता, वर्षो पश्चात सो सडक पक्की हुन लाग्दाँ स्थानीयवासी हर्षित भएका छन् ।

सम्बन्धित खबर