LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लाहरुको आगलगि पीडितका लागि १० हजारको दरले राहत दिने निर्णय गरेको छ ।
शुक्रवार बसेको प्रदेश दैविक प्रकोप व्यवस्था समितिको वैठकले प्रदेशका विभिन्न जिल्लामा भएको आगलगि घटनाका पीडितहरुलाई तत्काल राहत स्वरुप १० हजारको दरले नगद सहयोग गर्ने निर्णय गरिएको मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए ।
त्यसैगरि, वैठकले बढ्दो गर्मी तथा पानी नपर्दा प्रदेशका जिल्लाहरुका चापा कल,बोर्डिङ्ग सुखेर खानेपानीको समस्या भएकोले त्यसका लागि आवश्यक वजेट विनियोजन गरि समस्या समाधान गर्न निर्णय गरेको छ । गर्र्मी र वर्ष नहुदाँ पानीको सतह सुखपेपछि सर्वसधारण जनताले सास्ती भोग्न थालेको छ ।
यसबैची, धनुषाको सबैल नगरपालिका–१२ रघुनाथपुरमा शुक्रवार आगलगिमा परि दुई घर जलेर नष्ट भएको छ । रघुनाथपुरका रामु महराको घरबाट आगलगि सुरु भएको थियो । महाराको घरबाट सल्लकेको आगोको लप्काले छिमेकी जयनारयाण महराको घरमा क्षति भएको छ । सबैला नगरपालिका मेयर कारीराम यादवका अनुसार आगलगिमा करिव २० लाखको क्षति भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो चाडै नै नियन्त्रणमा आएको उनले बताए ।

 

सम्बन्धित खबर