LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी मुस्लिम संघका नव निवार्चित पदाधिकारी तथा सदस्यहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् ।
जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा सोमबार एक कार्यक्रम बीच संघका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन् । पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले संघका अध्यक्ष मोसाहिद हुसेनलाई सपथ गराएका थिए । त्यसपछि संघका अध्यक्ष हुसेनले संघका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ तथा पदभार ग्रहरण कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्री अबुल कलाम अजादले पार्टी प्रति वफादार भई कार्य गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरे । जनता समाजवादी पार्टीले नै समाजवादको मुद्दा उठाउदै आएको बताउँदै उनले नेपाल आर्थिक समाजिक, शैशिक्षक तथा समाजि उत्पीडनमा परेका दलित आदीवासी जनजाती, मुस्लिमसहितका सामुदायले आफ्रनो हक अधिकारको लागि अगाडी आउनुपर्ने बताए ।


कार्यक्रममा समाजवादी मुस्लिम संघका मधेश प्रदेश अध्यक्ष हुसेनले विभिन्न राजनीतिक पार्टीले मुस्लिम समुदायलाई करदाता र मतदाताको रुपमा प्रयोग गर्दै आएकोले मुस्लिम सामुदायले अव आफ्नो हक अधिकारको विषयमा अवाज उठाउने, जनसंख्याको अधारमा मुस्लिम सामुदायलाई राज्यको हरेक तहतप्कामा समावेश गराउने पार्टीलाई सहयोग गर्नुपर्ने बताए ।

आफ्नो हक अधिकारको लागि मुस्लिम सामुदायलाई संगठित हुनु आवश्यक रहेको उनले बताए । अर्को प्रशंगमा उनले पार्टीको आसन्न महाधिवेशनमा पद नपाउने डरले केहि नेताहरुले पार्टी परित्याग गरि नयाँ पार्टी गठन गरेको आरोप लगाए ।

सम्बन्धित खबर