LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । सन् १९९५ मा चिनको बेइजिङ्गमा भएको चौथो महिला महासम्मेलनबाट पारित १२ बुँदे घोषणापत्रको प्रदेशस्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बेजिङ्गमा भएको चौथो महिला महासम्मेलन गठन गरिएको बियोन वेइजिङ्ग, नेपाल समिति(बिबिसि)ले बुधवार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा १२ बुँदे घोषणापत्रको समिक्षा गरिएको हो । बेइजिङ्गको चौथो महिला महासम्मेलना नेपाल सरकारले महिलाको हक अधिकारसहितको विषयमा गरेको प्रतिवद्धता कति पुरा भयो ? कति पुरा भएन ? तथा त्यसको कार्यान्वयन अवस्था कस्तो ? लगायतका विषयमा कार्यक्रममा समिक्षा तथा छलफल भएको बियोन बेइजिङ्ग, नेपालकी महासचिव सिमा खानले बताईन ।

समीक्षात्मक कार्यक्रममा सहभागी महिलाहरुले दाइजो उन्मुल, बालविवाह र लौंगिक विभेद र सम्मानजनक सहभागिताका कानून निर्माण भएपनि व्यवहारमा लागू हुन नसकेको आरोप लगाईन । बीबीसी नेपालका महासचिव सीमा खानले सन् १९९५ मा चीनको राजधानी बेइजिङमा संयुक्त राष्ट्र सङ्घीय चौँथो विश्व महिला–सम्मेलनले जारी गरेको ‘बेइजिङ घोषणापत्र तथा कार्यनीति’ र यसका १२ वटा सरोकारका विषयको जानकारी तथा प्रचारप्रसार गर्ने काममा यो संस्था सक्रिय रहेको बताईन ।

उनले भनिन् यो घोषणा पत्र आएपछि बीबीसी नेपालले दिदैं आएको सुझावपछि नेपालमा महिलाहरुको पूर्ण सशक्तिकरण नभएपनि धेरै हदसम्म अधिकार सुनिश्चित गर्ने गरी कानून निर्माण भएको छ । तर ती कानून व्यवहारमा लागू हुन नसकेको छैन । यसप्रति हामी सबैले लाग्नु पर्छ ।
प्रदेशस्तरीय समीक्षात्मक बैठक पश्चात राष्ट्रिय रुपमा घोषणा पत्र र कार्यनितीको कार्यान्वयन तथा विद्यमान अवस्था बारे प्रतिवेदन तयार पारी नेपाल सरकारलाई बुझाउने र ती प्रतिवेदन नेपाल सरकारले अन्तराष्ट्रिय महासम्मेलनमा प्रस्तुतिका लागि आगामी जुन १ मा संयुक्त राष्ट्र संघलाई बुझाउने महासचिव खानले जानकारी दिईन ।

बीबीसी मधेश प्रदेशका अध्यक्ष अन्जु पुर्वेको अध्यक्षतामा सम्पन्न सो समिक्षात्मक बैठकमा मधेश प्रदेशका ८ वटै जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमा धारणा सहित सामूहिक प्रतिक्रिया समेत लिइएको थियो ।

 

सम्बन्धित खबर