LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुरधामको सबभन्दा पुरानो श्री याज्ञवल्क्य संस्कृत माविले ११५ औ वार्षिकोत्सव मनाएको छ । विद्यालयले शुक्रवार वृक्षा रोपण, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा मेडलहरु वित्तरण गरे ११५ औ स्थापना दिवस मनाएको हो ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरि शिशु कक्षादेखि कक्षा ११ सम्म पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई मेडल वित्तरण गरेको छ । उक्त विद्यालयमा जेनरल, प्राविधिक र संस्कृतको पढाई हुदै आएको छ । जेनरल र प्राविधिक तर्फ नेपाल र अंग्रेजी दुवै माध्यमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको छ ।

कक्षा ११ मा प्रथम, दृतिय र तितृय हुने छात्रछात्राहरुलाई अवि प्रतिष्ठानको नेपालको सहयोगमा प्रशंसापत्रसहित तीन हजारको दरले पुरस्कार प्रदान समेत गरिएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिका –८ का वडाध्यक्ष दिनेश सिंहले प्रध्यानध्यापक संजय कुमार झाको नेतृत्वमा विद्यालयले उल्लेखनिय प्रगति गरेकोमा बताए ।


बाल्यकालमा आफु सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै उनले भने,‘ कुशल नेतृत्वको कारण विद्यालयले उल्लेखनिय प्रगति गरेका छन् । यसको भौतिक पुर्वाधारदेखि विद्यालयको पठनपाठनलाई नमुना बनाउन मेरो सहयोग सदैव रहन्छ ।’ विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका वडाध्यक्ष सिंहले शिक्षक, विद्यार्थी र अभिभाव बीच सहकार्यले यस विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए ।


अवि प्रतिष्ठानका नेपालका अध्यक्ष बिनोद चन्द्र झाले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घटिरहेको वेला श्री याज्ञवल्क्य संस्कृत माविको कुशल व्यवस्थापकको कारण यस विद्यालयप्रति आकर्षण बढ्दै गएकोले पुरस्कारलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रअ झाले श्री याज्ञवल्क्य संस्कृत मावि नेपालकै पुरानो सबभन्दा पुरानो विद्यालय भएपनि निरंकुश राजतन्त्रको आक्रमणताका यसको विगतको इतिहासलाई मेटाउने काम भएको बताए ।अहिले ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताउँदै भौतिक पुर्वाधारमा राज्यले सहयोग गरेको खण्डमा ५ हजारभन्दा बढी विद्यार्थीलाई अध्ययापन गराउन सक्ने बताए ।

विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दावि गर्दै प्रअ झाले भने,‘ विद्यालयको व्यवस्थापन पक्षलाई बलियो बनाउनुमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिसहतिको महत्वपुर्ण भुमिका रहेको छ ।’

सम्बन्धित खबर