LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफु मुलुक वाहिर रहेको वेला लोभिपापीहरुले पार्टी फुटाएको आरोप लगाएका छन् ।
पार्टी विभाजन पश्चात पहिलो पटक मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको राष्ट्रिय अधिवेशनलाई शनिवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो आरोप लगाए । पार्टीको संगठन बनाउन नसक्ने, बसी बसी सबै थोक खोज्नेहरु बाहिर गएपछि वास्तविक कार्यकर्तामा नयाँ जोश उमंग छाएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ म देश बाहिर थिए, पार्टी भित्रको विवाद पार्टीको वैठकमा राखेर समाधान गर्न सकिन्थ्यो । तर घरमा केहि नभएको अवस्थामा ताल्चा फुटाएर समान लग्नेहरुलाई चोर नै कहलाउँछ यस्तो यो पनि भयो ।’

कुनै पार्टी फोडेर आएकाहरु यहाँबाट गएपनि त्यतै गयो, यसको लागि ठूलो टाउको दुखाइ गर्नुको कुनै तुक छैन, उनले भने,‘ पछि उनीहरु कहाँ जान्छ, ठेगान छैन ।’ संघीयता, मधेश मुद्दा कजोर गर्न यस्तो षडयन्त्र भएको दावि गर्दै उनले भने,‘ यो जसपामाथि प्रहार मात्र होईन, यो मधेश माथिको प्रहार हो भनेर बुझनुपर्छ ।’ पार्टी राष्ट्रिय महाधिवेशन निर्धारित समय र स्थानमा हुने उनले बताए ।

यस अघि जनकपुरधाम बिमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले पटक–पटक हामीमाथि प्रहार हुदै आएको छ, अव हाम्रो पार्टी त प्रहारपुरर्प भईसकेको उनले बताए । पार्टी त के फुटाउँछन ? दुई÷४ जना लोभिपापीलाई स्वार्थका लागि गएका हुन,उनले भने,‘ त्यसले हाम्रो पार्टीलाई केहि असर पर्दैन ।’ संचारकर्मीको जिज्ञसामा उनले भने,‘ पार्टी जोगाउन सरकारमा बसेको छैनौ, हामी संघिय, गणतन्त्र, समावेशी, मधेशी, आदिवासी जनजाति सहितको मुद्दालाई स्थायीत्व दिन सरकारसँग सहकार्य गरेको छौ ।’

फोरमको राष्ट्रिय अधिवेशनको सम्बोधन पश्चात मधेश प्रदेशको संसदीय दलको बैठकमा सहभागि भएका थिए । बैठकमा पुर्व मुख्यमन्त्री लालबाबु राउत र पार्टी प्रवक्ता मनिष सुमन वाहेक १७ जना प्रदेश सासद सहभागि भएका थिए । दलको बैठकमा उनले पार्टी विभाजनले हतोहासित नहुने सासदहरुलाई निर्देशन दिए । तपाईहरु एकढिका भएर पार्टीलाई सहयोग गर्नुस्, पार्टीलाई कुनै असर पर्दैन, तपाईहरुको समस्याको सम्बोधन हुन्छ भनेर सासदलाई आस्वश्त गराएको बैठकमा सहभागि एक सासदले बताए । अध्यक्ष यादव शनिवार साँझ नै काठमाण्डौ फर्केका हुन् ।

सम्बन्धित खबर