LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामको सुन्दर सदन मठले प्रेम सरोवर (पोखरी)मा नबाहको आयोजना गरेको छ ।
रामचरित्र मानसमा किशोरी जि(जानकी)को वास्तविक घर सुन्दर सदन उल्लेख भएको भन्दै प्रेम सरोवरमा नबाह, जलबिहार, श्री जानकी जन्म बधाई सहितका धार्मिक पुजाको आयोजना गरिएको सुन्दर सदन मठका महन्थ नवल किशोर शरणले जानकारी दिए ।


जानकी जन्मोत्समा सहभागि हुन् भारतका प्रसिद हिन्दु धार्मिक गुरु रामभद्राचार्य जनकपुरधाम आएका छन् । उनी शनिवार साँझ जनकपुरधाम आएका हुन् । धार्मिक गुरु रामभद्राचार्यलाई जानकी मन्दिरले विशेष स्वागत गरेको छ । जानकी मन्दिरमा स्वागत पश्चात उनी जनकपुरधामकै सुन्दरसदन मठले आयोजना गरेको ९ दिने नबाह कार्यक्रममा सहभागि भएका थिए ।


सुन्दरसदन मठले यस वर्ष जानकी जन्मोत्सवको अवसरमा ९ दिने धार्मिक कार्य नबाहको भव्य रुपमा आयोजना गरेको छ । सुन्दर सदनको परिसरमा रहेको प्रेम सरोवर(पोखरी) मा फुलैफुलले निर्माण गरिएको फुलबंगलमा सुरु भएको रामचरित्र मानंसको नबाह परायणमा धार्मिक गुरु रामभद्राचार्य शनिवार राती सहभागि भएका थिए ।

धार्मिक गुरु रामभद्राचार्यलाई सुन्दर सदन मठका महन्त शरणले भव्य स्वागत गरेका थिए । जानकी जन्मोत्सवको अवसरमा सुन्दर सदनमै जल बिहार, श्री जानकी जन्म बधाई सहितका कार्यक्रम एकैसाथ सुरु भएको महन्त शरणले बताए ।

सम्बन्धित खबर