LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामको सुन्दर सदन मठले प्रेम सरोवर (पोखरी)मा नबाहको आयोजना गरेको छ ।
रामचरित्र मानसमा किशोरी जि(जानकी)को वास्तविक घर सुन्दर सदन उल्लेख भएको भन्दै प्रेम सरोवरमा नबाह, जलबिहार, श्री जानकी जन्म बधाई सहितका धार्मिक पुजाको आयोजना गरिएको सुन्दर सदन मठका महन्थ नवल किशोर शरणले जानकारी दिए ।


जानकी जन्मोत्समा सहभागि हुन् भारतका प्रसिद हिन्दु धार्मिक गुरु रामभद्राचार्य जनकपुरधाम आएका छन् । उनी शनिवार साँझ जनकपुरधाम आएका हुन् । धार्मिक गुरु रामभद्राचार्यलाई जानकी मन्दिरले विशेष स्वागत गरेको छ । जानकी मन्दिरमा स्वागत पश्चात उनी जनकपुरधामकै सुन्दरसदन मठले आयोजना गरेको ९ दिने नबाह कार्यक्रममा सहभागि भएका थिए ।


सुन्दरसदन मठले यस वर्ष जानकी जन्मोत्सवको अवसरमा ९ दिने धार्मिक कार्य नबाहको भव्य रुपमा आयोजना गरेको छ । सुन्दर सदनको परिसरमा रहेको प्रेम सरोवर(पोखरी) मा फुलैफुलले निर्माण गरिएको फुलबंगलमा सुरु भएको रामचरित्र मानंसको नबाह परायणमा धार्मिक गुरु रामभद्राचार्य शनिवार राती सहभागि भएका थिए ।

धार्मिक गुरु रामभद्राचार्यलाई सुन्दर सदन मठका महन्त शरणले भव्य स्वागत गरेका थिए । जानकी जन्मोत्सवको अवसरमा सुन्दर सदनमै जल बिहार, श्री जानकी जन्म बधाई सहितका कार्यक्रम एकैसाथ सुरु भएको महन्त शरणले बताए ।

सम्बन्धित खबर