
जनकपुरधाम । एमाले र माओवादी केन्द्रले आइतबार जनता समाजवादी पार्टी ९जसपा० नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिदै लोकतान्त्रिक समाजवादी ९लोसपा० र जनमतसँग मिलेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने घोषणा गरे । तर उक्त घोषणाको एक दिन नबित्दै लोसपा र जनमत पार्टीभित्रैबाट फरक फरक धारणा आएपछि प्रदेशमा अन्योल सिर्जना भएको छ । यद्यपि एमाले र माओवादीका नेताहरूले लोसपा र जनमत आफूहरूसँगै रहेको दाबी गरिरहेका छन् ।
आइतबार समर्थन फिर्ता पश्चात माओवादी केन्द्रका नेता युवाराज भट्टराईको निवासमा एमाले, माओवादी, जनमत र लोसपाका सांसदहरूको बैठक भएको थियो । बैठकमा लोसपाका उपनेता उपेन्द्र महतो र रानी शर्मा तिवारी सहभागी थिए भने जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव र पार्टीका महासचिव तथा सांसद चन्दन सिंह सहभागी भएका थिए । बैठक पश्चात चारै दलका नेताले नयाँ सरकार गठनका लागि सहमति भएको भन्दै समाजिक संजालमा फोटो सार्वजनिक गरेका थिए ।
तर उक्त फोटो सार्वजनिक भएलगत्तै लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले भने अहिले पार्टी कुन गठबन्धनमा जाने वा नजाने विषयमा कुनै निर्णय नगरेको बताएपछि लोसपाभित्रको आन्तरिक किचलो बाहिर आएको छ । एमाले(माओवादी गठबन्धनमा जाने विषयमा पार्टीभित्र कुनै छलफल नभएको दाबी गर्दै उनले भने, ‘उपनेता व्यत्तिगत रुपमा गएका होलान् । तर यसमा पार्टीको कुनै निर्णय भएको छैन ।’
लोसपाको संसदीय दल पहिलादेखि नै दुई समूहमा विभाजित छ । तत्कालीन राजपा हुँदा सोनल नै उक्त दलका प्रदेश संसदीय दलका नेता थिए । पछि प्रदेश अध्यक्ष पनि सोनललाई बनाइयो । त्यसपछि अभिराम शर्माले उपेन्द्र महतो, रानी शर्मा, रमेश प्रसाद कुर्मीसहित ५ जना लाई आफ्नो पक्षमा पारेर संसदीय दलका नेता बनेका थिए । आफू पार्टीमा सिनियर लिडर भए पनि दलको नेता बन्न नभएको भन्दै सोनल सुरुदेखि नै असंतुष्ट छन् । दलका नेता शर्मा अहिले सशस्त्र प्रहरी हवल्दार थमन बिक हत्या आरोपमा दोषी ठकर भई फरार अवस्थामा छन् । शर्मा अहिले निलम्बनमा छन् । प्रदेशसभामा लोसपाका अहिले ८ सांसद छन् ।
पार्टीको प्रदेश अध्यक्ष भए पनि आफूसँग उपनेता महतोले कुनै छलफल नै नगरी एमाले र माओवादीसँग गठबन्धन गर्ने सहमति गरेकोमा सोनल त्यसको विरोध गरेमा छन् । उनी एमाले र माओवादीबाहेक अन्य पार्टी पनि मधेश प्रदेशमा रहेकाले गठबन्धन गर्न हतार गर्न नहुने पक्षमा छन् । केन्द्रमा पार्टी कांग्रेससँग निटक रहेकोले नयाँ गबठन्धन गर्दा पार्टीमा छलफल हुनुपर्ने उनको भनाइ छ ।
आइतबार एमाले र माओवादीसहितको बैठकमा सहभागी भए पनि जनमतका संसदीय दलका नेता यादवले अहिलेसम्म नयाँ सरकार गठनको विषयमा कुनै निर्णय नभएको बताए । एमाले र माओवादी केन्द्रका नेताहरूले नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरे पनि अहिलेसम्म आफूहरू कुनै निर्णयमा पुग्न नसेको उनले बताए । उनले पनि आफ्नो पार्टी केन्द्रमा कांग्रेससँग निकट रहेकोले यो विषयमा पार्टीले निर्णय लिनुपर्ने बताए ।
दलका नेता यादवले अहिलेसम्म एमाले,माओवादी गठबन्धनमा जाने वा नजाने विषयमा कुनै निर्णय नभएको बताइरहेका बेला पार्टीका महासचिव तथा प्रदेश सांसद सिंह भने नयाँ गठबन्धनमा जाने मनसायमा छन् । पार्टीको महासचिवको हैसियतमा मुख्यमन्त्रीको दाबी गर्दै आएका सिंहले आफूहरूको बटमलाइन सरकारको नेतृत्व रहेको र जुन गठबन्धन आफ्नो मागमा सहमत हुन्छ, त्यही गठबन्धनमा जाने बताए । एमाले र माओवादी केन्द्र गठबन्धनले मुख्यमन्त्री दिने भने पनि अहिलेसम्म स्पष्ट नगरेकोले आफूहरू अहिले कुनै गठबन्धनमा नरहेको उनले बताए । प्रदेशसभामा जनमतसँग १३ सांसद छन् ।
कांग्रेस पनि सक्रिय
मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसले पनि सरकार बनाउन पहल थालेको छ । कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव अहिले आफ्नो नेतृत्वको सरकार गठनका लागि काठमाडौंमा शीर्ष नेताहरूसँगको भेटघाट व्यस्थ छन् । मधेश प्रदेशमा कांग्रेसमा दोस्रो ठूलो पार्टीका हो । कांग्रेसको २२ सिट छ । उसले जसपा, लोसपा, जनमत र नेकपा एससहितको गठबन्धन बनाएर सरकार बनाउने प्रयास गरिरहेको कांग्रेसका दलका नेता यादवले बताए ।
केन्द्रमा निकट रहेका कांग्रेस, लोसपा र जनमतको गठबन्धनमा जसपा नेपाल र नेकपा एसलाई भित्र्याएर सरकार बनाउने पहल गरिरहेको उनले बताए ।
ुसरकारको नेतृत्व कसले गर्नेभन्दा पनि आफूहरू गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्छ भने हाम्रो प्रयास हो, उनले भने, ‘त्यसका लागि लोसपा, जनमतसँग छलफल गरिरहेका छौं ।’ एमाले र माओवादीले जनमतलाई सरकारको नेतृत्व दिएको खण्डमा कांग्रेसले पनि जनमतलाई पहिलो खेपको मुख्यमन्त्रीको अफर दिएको कांग्रेसका एक सांसदले बताए ।
सांसद जोगाएर सरकारलाई निरन्तरता दिने दाउमा जसपा नेपाल
२४ वैशाखमा पार्टीका वरिष्ठ नेता अशोक राईले प्रतिनिधिसभाका ७ सांसद लिएर अलग जसपा पार्टी गठन गरेपछि जसपा नेपालले प्रदेशमा रहेका १९ जना सांसद जोगाएर सरकारको नेतृत्वलाई निरन्ता दिने कसरत गरिरहेको छ ।त्यसका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार मन्त्रीबाट राजीनामा दिएलगतै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका थिए । भेटमा विकसित राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकारलगायतका विषयमा कुराकानी भएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
अल्पमतमा परेको सरकारलाई जोगाउन जसपा नेपालले तत्काल कांग्रेस र लोसपालाई लिएर सरकार पुनःगठन गर्ने तयारीमा छ । प्रदेशसभामा जसपा नेपालको १९ सिट छ । केन्द्रमा पार्टी विभाजन भएकाले त्यसको असर प्रदेशमा रोक्न जसपा नेपालले सरकारलाई निरन्तता दिने प्रयास गरिरहेको छ । मधेशमा आफ्नो पार्टीलाई फुटबाट जोगाएको खण्डमा सरकार नेतृत्वको निरन्तताको दाबी गर्न सक्ने जसपा नेपालको बुझाइ छ । त्यसकारण जसपा नेपालले प्रदेश सांसदमाथि निगरानी बढाएको जसपा नेपालका एक नेताले बताए ।
जसपा नेपालबाट अलग भएको जसपाले मधेशमा ७ देखि ८ जना सांसद आफूहरूको पक्षमा रहेको दाबी गरिरहेकोले जसपा नेपाल सचेत छ । निर्वाचन आयोगले दुवै दलमध्ये कुनलाई रोज्ने भनेर १३ जेठ सम्मको समय दिएको छ ।
एमाले, माओवादीले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने अवस्था छ । अल्पमत परेका मुख्यमन्त्री यादवले १५ दिनभित्रै बहुमत सदस्यको विश्वासको मत लिने दाबी गरिरहेका छन् ।
यस्तो छ मधेश प्रदेशसभाको अंकगणित
सभामुखसहित एमाले २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा नेकपा एस ७, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १(१ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्वका लागि ५४ मत आवश्यक हुन्छ ।