LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । मधेश प्रदेशका गृह कानुन तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्र यादवले पुर्व मन्त्री महोम्मद समिम मन्त्रालयमा आई मन्त्रीको कुर्सीमा बसेर कर्मचारीहरुलाई निदानिर्देश गरेको समाचारमा सत्यता नरहेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव यादवले भने,‘ पुर्व मन्त्री ज्यु मन् त्रालय आउनु भएको हो । तर मन्त्री ज्युको कार्यकक्षमा प्रवेश नै गर्नु भएको छैन भने बस्ने कुरा नै आउँदैन । उहाँ राज्यमन्त्री कार्यकक्ष अगाडी रहेको वेटिङ्ग रुममा बसेर केहि कर्मचारीसँग कुराकानी गर्नु भयो र चिया खाएर फर्किनुभयो ।’
मन्त्रालयमा त एक सधारण जनतापनि आउन सक्नु हुन्छ, उहाँ दुई चोटी निर्वाचित माननीय हुनुहुन्छ, सचिव यादवले भने,‘ त्यो दिन मन्त्रालयमा थिएन । बढी समय मिटिङ्गहरुमै थिए । मलाई कसैले यस्तो घटना भएको भनेर भनेपछि म मन्त्रालयका कर्मचारीहरु र मन्त्रालयका विभिन्न ठाउँमा राखिएको सिसिटिभि पनि चेक गरेर । त्यसको कुनै घटना भएको छैन । कसले यस्तो हल्ला फैलायो त्यो मलाई थाह भएन ।’

यता, पुर्व मन्त्री समिमले पनि मनगढन्त र भ्रामक समाचार सम्पेशन गरेर आफ्नो चरित्र बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका मधेश प्रदेशका सचिव सन्तु यादवसँग मन्त्रालय गएको उल्लेख गर्दै पुर्व मन्त्री समिमले भने,‘ मन्त्रालयमा चिनजान केहि कर्मचारीसँग समान्य कुराकानी गरेर फर्के । रक्सी सेवन गर्ने मान्छे नै होईन । तर मदिरा सेवन गरेर मन्त्रालयमा गई कर्मचारीहरुलाई डराएको हप्काएको कुरा सत्य होईन । बिना कुनै प्रमाण,राजनीतिक प्रतिषोधले मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।‘मबाट त्यस्तो हर्कत भएको कसैले प्रमाणित गरिदिए म राजनीतिक नै छोडन तयार छु, उनले भने ।

 

सम्बन्धित खबर