LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशका गृह कानुन तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्र यादवले पुर्व मन्त्री महोम्मद समिम मन्त्रालयमा आई मन्त्रीको कुर्सीमा बसेर कर्मचारीहरुलाई निदानिर्देश गरेको समाचारमा सत्यता नरहेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव यादवले भने,‘ पुर्व मन्त्री ज्यु मन् त्रालय आउनु भएको हो । तर मन्त्री ज्युको कार्यकक्षमा प्रवेश नै गर्नु भएको छैन भने बस्ने कुरा नै आउँदैन । उहाँ राज्यमन्त्री कार्यकक्ष अगाडी रहेको वेटिङ्ग रुममा बसेर केहि कर्मचारीसँग कुराकानी गर्नु भयो र चिया खाएर फर्किनुभयो ।’
मन्त्रालयमा त एक सधारण जनतापनि आउन सक्नु हुन्छ, उहाँ दुई चोटी निर्वाचित माननीय हुनुहुन्छ, सचिव यादवले भने,‘ त्यो दिन मन्त्रालयमा थिएन । बढी समय मिटिङ्गहरुमै थिए । मलाई कसैले यस्तो घटना भएको भनेर भनेपछि म मन्त्रालयका कर्मचारीहरु र मन्त्रालयका विभिन्न ठाउँमा राखिएको सिसिटिभि पनि चेक गरेर । त्यसको कुनै घटना भएको छैन । कसले यस्तो हल्ला फैलायो त्यो मलाई थाह भएन ।’

यता, पुर्व मन्त्री समिमले पनि मनगढन्त र भ्रामक समाचार सम्पेशन गरेर आफ्नो चरित्र बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका मधेश प्रदेशका सचिव सन्तु यादवसँग मन्त्रालय गएको उल्लेख गर्दै पुर्व मन्त्री समिमले भने,‘ मन्त्रालयमा चिनजान केहि कर्मचारीसँग समान्य कुराकानी गरेर फर्के । रक्सी सेवन गर्ने मान्छे नै होईन । तर मदिरा सेवन गरेर मन्त्रालयमा गई कर्मचारीहरुलाई डराएको हप्काएको कुरा सत्य होईन । बिना कुनै प्रमाण,राजनीतिक प्रतिषोधले मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।‘मबाट त्यस्तो हर्कत भएको कसैले प्रमाणित गरिदिए म राजनीतिक नै छोडन तयार छु, उनले भने ।

 

सम्बन्धित खबर