LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । नेकपा एमाले र माओवादी केन्द्रले सर्थन फिर्ता लिएपछि अल्पमतमा परेको जनता समाजवादी पार्टी(जसपा) नेपाल नेतृत्वका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले समय अगावै विश्वासको मत लिने जनाएको छ ।

विहिबार बसेको जसपा नेपालको मधेश प्रदेशको संसदीय दलको बैठकमा सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने प्रवधान रहेकोले सो अगावै विश्वासको मत लिने निर्णय गरेको छ । एमाले र माओवादीले गत २७ बैशाखमा समर्थन फिर्ता लिएका थिए ।

अवैधानिक रुपमा फार्टी फुटाएको र सो विषय सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय माथि उठाएको प्रश्नले सकरात्मक सन्देश प्रभाव भएको बैठकले निष्कर्ष निकालेको छ ।

त्यसैगरि, मधेश प्रदेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने, र अगामी जेष्ठ २८ देखि ३० सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैले सहयोग तथा प्रदेश सरकारको अगामी आर्थिक वर्षको निती तथा कार्यक्रममा कस्ता योजनाहरु समावेश गर्ने त्यस वारे संसदीय दलका लिखित सुझाव दिने निर्णय भएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए ।

संसदीय दलको बैठकमा पुर्व मुख्यमन्त्री लालबाबु राउत वाहेक सबै सांसद सहभागि भएको उनले बताए । राउत पार्टीकै काम विशेषले जनकपुर वाहिर रहेकोले सहभागि हुन नसकेको उनको भनाई थियो ।

सम्बन्धित खबर