LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । जानकी जन्मोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली शुक्रवार सार्वजनिक विदा दिएको छ ।
वाल्मिकी रामायण, पुराणहरुमा त्रेतायुगमा मिथिलाका राजा जनकले हलो चलाउँदा सीता (जानकी)को उत्पती भएको वर्णण गरिएकोले सो दिनलाई प्राचिन कालदेखि जानकी जन्मजयन्ती मनाईदै आएको छ ।

जानकी जन्मोत्सव अवसरमा जनकपुरधामको सुन्दर सदन मठले प्रेम सरोवर (पोखरी)मा गत बैशाख २७ देखि नै नबाहको आयोजना गरिएको छ ।
रामचरित्र मानसमा किशोरी जि(जानकी)को वास्तविक घर सुन्दर सदन उल्लेख भएको भन्दै प्रेम सरोवरमा नबाह, जलबिहार, श्री जानकी जन्म बधाई सहितका धार्मिक पुजाको आयोजना गरिएको सुन्दर सदन मठका महन्थ नवल किशोर शरणले जानकारी दिए ।

उक्त कार्यक्रममा भारतका प्रसिद हिन्दु धार्मिक गुरु रामभद्राचार्य समेत सहभागि भएका थिए । सुन्दरसदन मठको परिसरमा रहेको प्रेम सरोवर(पोखरी) मा फुलैफुलले निर्माण गरिएको फुलबंगलमा निर्माण गरि नबाह भईरहेको छ ।

सुन्दर सदनमै जल बिहार, श्री जानकी जन्म बधाई सहितका कार्यक्रमको भएको छ । उक्त नबाह शुक्रवार सम्म सम्पन्न हुने महन्त शरणले बताए ।

सम्बन्धित खबर