LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । जानकी जन्मोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली शुक्रवार सार्वजनिक विदा दिएको छ ।
वाल्मिकी रामायण, पुराणहरुमा त्रेतायुगमा मिथिलाका राजा जनकले हलो चलाउँदा सीता (जानकी)को उत्पती भएको वर्णण गरिएकोले सो दिनलाई प्राचिन कालदेखि जानकी जन्मजयन्ती मनाईदै आएको छ ।

जानकी जन्मोत्सव अवसरमा जनकपुरधामको सुन्दर सदन मठले प्रेम सरोवर (पोखरी)मा गत बैशाख २७ देखि नै नबाहको आयोजना गरिएको छ ।
रामचरित्र मानसमा किशोरी जि(जानकी)को वास्तविक घर सुन्दर सदन उल्लेख भएको भन्दै प्रेम सरोवरमा नबाह, जलबिहार, श्री जानकी जन्म बधाई सहितका धार्मिक पुजाको आयोजना गरिएको सुन्दर सदन मठका महन्थ नवल किशोर शरणले जानकारी दिए ।

उक्त कार्यक्रममा भारतका प्रसिद हिन्दु धार्मिक गुरु रामभद्राचार्य समेत सहभागि भएका थिए । सुन्दरसदन मठको परिसरमा रहेको प्रेम सरोवर(पोखरी) मा फुलैफुलले निर्माण गरिएको फुलबंगलमा निर्माण गरि नबाह भईरहेको छ ।

सुन्दर सदनमै जल बिहार, श्री जानकी जन्म बधाई सहितका कार्यक्रमको भएको छ । उक्त नबाह शुक्रवार सम्म सम्पन्न हुने महन्त शरणले बताए ।

सम्बन्धित खबर