LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । पत्रकार तथा साहित्यकार सुजित झाद्वारा मैथिली भाषामा लेखिएको ‘अन्हार घरमे डिबिआ’ शब्द चित्रको पुस्तकको आवरण अनावरण गरिएको छ ।
पत्रकार झाद्वारा लेखिएको उक्त पुस्कतकको शानिवार एक कार्यक्रम बीच अनावरण गरिएको हो । पुस्तक अनावरण कार्यक्रममा मधेश प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सासद रामसरोज यादव, संविधान सभा सदस्य डा. विजय कुमार सिंह, पत्रकार तथा साहित्यकार रोशन जनकपुरी, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी सहितकाले सामुहिक रुपमा ‘अन्हार घरमे डिबिआ’ शब्द चित्रको आवरण अनावरण गरेका थिए ।


पुस्तकमा समाजमा सबै तिर नाकारात्मक अवस्थाको भिडमा केहि आशा लाग्दा किरण, आशाको प्रकाश पनि रहेको र सोको चित्ररण पुस्तकमा गरिएको पत्रकार झाले बताए । अहिले पत्रकारितासहित सबै तिर नकारात्मक समाचारहरु मात्र बढी देखिन्छ, ‘म त्यसैले यो नाकरात्मकताको भिडमा केहि सकारात्मक कुराहरु पुस्तक मार्फत बाहिर ल्याउने प्रयास गरेको छु ।’

लेखक झाले पुस्तकको प्रकाशन सुरु भइसकेको र १९ जेठमा बिमोचन गरिने बताए । ‘अन्हार घरमे डिबिआ’ पुस्तकसँगै पत्रकार झाको १ट वटा कृति पुगेको छ ।

सम्बन्धित खबर