LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । पत्रकार तथा साहित्यकार सुजित झाद्वारा मैथिली भाषामा लेखिएको ‘अन्हार घरमे डिबिआ’ शब्द चित्रको पुस्तकको आवरण अनावरण गरिएको छ ।
पत्रकार झाद्वारा लेखिएको उक्त पुस्कतकको शानिवार एक कार्यक्रम बीच अनावरण गरिएको हो । पुस्तक अनावरण कार्यक्रममा मधेश प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सासद रामसरोज यादव, संविधान सभा सदस्य डा. विजय कुमार सिंह, पत्रकार तथा साहित्यकार रोशन जनकपुरी, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी सहितकाले सामुहिक रुपमा ‘अन्हार घरमे डिबिआ’ शब्द चित्रको आवरण अनावरण गरेका थिए ।


पुस्तकमा समाजमा सबै तिर नाकारात्मक अवस्थाको भिडमा केहि आशा लाग्दा किरण, आशाको प्रकाश पनि रहेको र सोको चित्ररण पुस्तकमा गरिएको पत्रकार झाले बताए । अहिले पत्रकारितासहित सबै तिर नकारात्मक समाचारहरु मात्र बढी देखिन्छ, ‘म त्यसैले यो नाकरात्मकताको भिडमा केहि सकारात्मक कुराहरु पुस्तक मार्फत बाहिर ल्याउने प्रयास गरेको छु ।’

लेखक झाले पुस्तकको प्रकाशन सुरु भइसकेको र १९ जेठमा बिमोचन गरिने बताए । ‘अन्हार घरमे डिबिआ’ पुस्तकसँगै पत्रकार झाको १ट वटा कृति पुगेको छ ।

सम्बन्धित खबर