LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समुहका अध्यक्ष कैलास सिरोहीयालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश गरेको छ ।
जिल्ला अदालत धनुषाका मुख्य न्यायधिश चुडामणि खड्काको इजलासले अध्यक्ष सिरोहीयालाई पक्राउ परेको मितिदेखि लागु हुने गरि तीन दिन थुनामा राख्न आदेश गरेको छ । करिव ४ घण्टाको लामो वहस पश्चात अदालतले सिरोहीयालाई थुनामा राख्न आदेश गरेको हो ।


कैलास प्रसाद सिरोहीले नेपाली नागरिकता लिनुपर्व नै उक्त नम्बरको नागरिकता धनुषाको शिवजी साहु तेलीको नाममा देखिएको,सिरोहीयाले नागरिकता लिदा पेश परेको कागजातको अभिलेख फेला नपरेको लगायतका विभिन्न ६ बुदे कारण देखाई प्रहरीले अनुसन्धानका लागि ११ दिन थुनामा राख्ने गरि सरकारी वकिल कार्यालय धनुषामा अभियोग पत्र दर्ता गराएका थिए ।

सरकारी वकिल कार्यालयले जिल्ला धनुषाले सिरोहीयालाई अनुसन्धानको लागि ५ दिन थुनामा राख्न माग गरेकोमा अदालतले तीन दिनको समय दिएको हो ।
सिरोहीयाको पक्षमा काठमाण्डौका रमण कुमार कर्ण, किशोर पौडेल, जनकपुरका वरिष्ठ अधिवक्ता बिनोद शर्मा,नवल किशोर लाभसहितले वहस गरेका थिए । भने सरकारको तर्फबाट धनुषाका सरकारी वलिक सुमन ढंगालले वहस गरेका थिए ।

नागरिकता किर्ते गरेको आरोपमा उपत्याका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई मंगलवार काठमाण्डौको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । प्रहरीले सिरोहीयालाई बुधवार विहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएका थिए ।

जनकपुरका व्यापारी तथा नागरिक समाजद्वारा विरोध प्रर्दशन
नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहयालाई रिहाईको माग गर्दै जनकपुरधामका व्यापारी तथा नागरिक समाजले विरोध प्रदर्शन गरेको छ ।
जनकपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय केहि व्यापारी तथा नागरिक समाजले सिरोहियाको रिहाईको माग गर्दै भैरव चोकमा केहि समय धारणामा बसेका थिए । त्यसैगरि, नेपाली काँग्रेसका भातृ संगठन तरुण दल र नेवि संघले पनि प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने उदेश्यले राज्यले सिरोहियालाई पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।


जनकपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष जितेन्द्र महासेठले आर्थिक मन्दीको वेला राज्यले उद्योगि व्यावसायीलाई संरक्षण प्रवद्र्धन गर्नुपर्ने समयमा नागरिकतामा देखिएका प्राविधिक टुक्रिको विषयमा राज्यले प्रतिष्ठित व्यापारीलाई थुनामै राखेर अनुसन्धान उचित नहुने बताए ।

उनले भने,‘ सिरोहियाका बुवा घासीराम मरवाडी २००९ सालमै स्थापना भएको जनकपुर उद्योग वाणिज्य संघको संस्थापक महासचिव रहेको र उहाँको परिवार लामो समयदेखि जनकपुरधाम बसोवास रहेको छ । त्यसकारण उहाँ वाहिरबाट आएर नागरिकता लिएको होईन ।’

नागरिकतामा केहि प्राविधिक टुक्रि हुन सक्छ । त्यसमा सोधपुछ गरेर पनि अनुसन्धान गर्न सकिन्थियो ।उहाँ दोषि देखिएमा कारर्वाही गर्दा हुन्थियो तर एकै पटक थुनामा राखेर अनुसन्धान गर्नु राज्यको नियत साफ देखिदैनन्’ उनले भने

सम्बन्धित खबर