LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया समुहका अध्यक्ष कैलाश सिरोहियालाई अस्पताल भर्ना गरिएको छ ।
शुक्रवार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार समभव नभएपछि थप उपचारको लागि शुक्रवार राती नै जनकपुरधामको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रवार साँझ उहाँ (सिरोहिया) बेहोस भएपछि प्रादेशिक अस्पतालमा भर्ना गराएको थियौ, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन आवाले भने,‘ त्यहाँ उपचार सम्भव नभएपछि परिवारजनले काव्य अस्पतालमा भर्ना गराउनुभयो । अहिले उहाँको काव्यमै उपचार भईरहेको छ ।’
सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या छ । टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रहरीले अस्पताल भर्ना गरेको हो ।
गत मंगलबार कान्तिपुरको काठमाण्डौस्थित कार्यालयबाट सिरोहियालाई पक्राउ गरि प्रहरीले बुधबार जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतको अनुमतिमा तीनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई शुक्रबार पुनः अदालतले तीन दिन थप हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थपेको छ ।

 

सम्बन्धित खबर