LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया समुहका अध्यक्ष कैलाश सिरोहियालाई अस्पताल भर्ना गरिएको छ ।
शुक्रवार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार समभव नभएपछि थप उपचारको लागि शुक्रवार राती नै जनकपुरधामको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रवार साँझ उहाँ (सिरोहिया) बेहोस भएपछि प्रादेशिक अस्पतालमा भर्ना गराएको थियौ, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन आवाले भने,‘ त्यहाँ उपचार सम्भव नभएपछि परिवारजनले काव्य अस्पतालमा भर्ना गराउनुभयो । अहिले उहाँको काव्यमै उपचार भईरहेको छ ।’
सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या छ । टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रहरीले अस्पताल भर्ना गरेको हो ।
गत मंगलबार कान्तिपुरको काठमाण्डौस्थित कार्यालयबाट सिरोहियालाई पक्राउ गरि प्रहरीले बुधबार जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतको अनुमतिमा तीनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई शुक्रबार पुनः अदालतले तीन दिन थप हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थपेको छ ।

 

सम्बन्धित खबर