LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नागरिकता प्रकरणमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समुहका अध्यक्ष कैलास सिरोहियालाई जिल्ला अदालत धनुषाले पुनः तीन दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाको न्यायधिश यदुराज शर्माको इजलासले सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सरकारी वकिल कार्यालय धनुषाले थप पाँच दिन थुना राखी मुद्दाको अनुसन्धान गर्ने न्यायधिशसँग समय माग गरेको थियो ।

यस अघि सो प्रकरणमा अदालत दुई पटक ३÷३ दिन गरी ६ दिनको म्याद थपिसकेको थियो । गत शुक्रवार प्रहरी हिरासतमै सिरोहिया बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर उच्च रक्तचाप र मुटुको चालमा गडबढी भई त्यहाँ उपचार सम्मव नभएपछि थप उपचारको लागि जनकपुरधामको काव्या हस्पिटलमा भर्ना गरिएको छ ।

आज प्रहरीले सिरोहियालाई एम्बुलेन्सबाट गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराएको थियोे ।

सम्बन्धित खबर