LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु भएको छ । मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्धाटन गरेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको मेलाको उद्धाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले उद्योगीहरुलाई मधेशमा रोजगारिको वातावरण बनाउन आग्रहा गरे । मधेशमा रोजगारीको व्यापक अभाव रहेको बताउँदै उनले भने,‘ मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको छ,त्यसलाई सम्बोधन गर्न राज्य गम्भिर रहेको छ ।’

’यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न सकिने अवस्था नरहेपनि श्रमिक र रोजगारदाताका जोडन तथा दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि मेला महत्वपूर्ण भूमिका हुन सक्छ ।’ त्यसैगरि, मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा अघि सारेको पनि बताए ।

नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको उनले बताए । रोजगारीसम्बन्धी केही समस्या परे ११४१ नम्बरमा पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासो राख्न उनले युवाहरुसँग आग्रह समेत गरे ।

मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री वेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
मेलाबाट बढीभन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने दावि गर्दै उनले भनिन्,‘ ’मधेश प्रदेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ । यस्ता मेलाले बेरोजगारी समस्या समाधान गर्न ठुलो मद्दत पुग्छ ।’

रोजगारसँग जोडिएका विभिन्न स्टलहरु राखिएकोले मेला यसमा वैदेशिक रोजगारीमा जानेहरु तथा स्वदेशमै केहि गर्न सोच राख्नेहरुको लागि आवश्यक रहेको उनले बताईन ।
उद्धघाटन समारोहमा प्रतिनिधिसभा सदस्य मनिष झाले मेलालाई अवसरको रूपमा लिनुपर्ने बताए । ’श्रमसम्बन्धी समाधान आवश्यक छ त्यसैले श्रमाधान योजना आवश्यक छ । हाम्रा युवा विदेश गएर श्रम गर्ने होइन देश बनाउने काम गर्ने हो,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताए ।
आईतवार सम्म चल्ने मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ ।

 

सम्बन्धित खबर