LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा मधेश प्रदेश श्रमाधान रोजगार मेला मधेश प्रदेशको जनकपुरमा सम्पन्न भएको छ ।
जेठ १९ र २० गरी दुई दिनसम्म चलेको मेलामा करिब ६ हजारभन्दा धेरै व्यक्तिहरुले अवलोकन गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिटी गार्डतर्फ ८० जना गरी २४७ जना आवेदकहरुलाई अन्तरवार्ताका लागि आमन्त्रण गरिएको छ ।
मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरू ४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११ बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका थिए ।

मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज र अबको बाटो सामाजिक सुरक्षाबारे प्यानल छलफल भएको थियो ।
आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ुश्रमाधान रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुर, कलैया, जितपुर सीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए ।

सम्बन्धित खबर