LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । नेकपा एमाले,माओवादी केन्द्र र जनमत पार्टीले नेकपा एकिकृत समाजवादी पार्टी(नेकपा एस)को सहयोगमा बहुमत साँसदको हस्ताक्षरसहित अल्पमत रहेका मुख्यमन्त्री सरोज कुमार यादव आईतवार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानकर्षण पत्र बुझाउने घोषणा गरेको थियो । तर नेकपा एसका सासदहरुले अन्तिम समय सम्म साथ नदिदाँ एमाले, माओवादी र जनमतको रणनीति फेल हुन पुगे ।
यसरी, केन्द्रमा सत्ता गठनबन्धनमा रहेका एस मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र गठबन्धनको पक्षमा खुल्न नसक्दा नयाँ सरकार गठनमा अन्यौलता उत्पन्न भएको छ ।
एमाले, माओवादी केन्द्रले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मतमा फेल गराएर अगामी आर्थिक वर्ष २०८१÷०८२को निती तथा कार्यक्रम र बजेट आफ्नो नेतृत्वको सरकार ल्याउने योजना थियो । तर नेकपा एसले एमाले, माओवादी केन्द्र र जनमतको गठबन्धनलाई तत्काल सहयोग नगरेपछि उनीहरुको रणनीतिमा ब्रेक लागेको छ ।

मधेश सभामा नेकपा एसको ७, एमालेको २५, माओवादी केन्द्रको ९ र जनमत १३ र केन्द्रिय गठबन्धनमा रहेका नागरिक उन्नमुक्ति पार्टी १ गरि ५५ सिट पुग्छ । जुन प्रदेश सरकार निर्माणको लागि आवश्यक मत पुग्छ । प्रदेशमा सरकार निर्माणको दागि ५४ मत आवश्यक छ । एमाले, माओवादी केन्द्र गठबन्धलाई मधेश सरकार निर्माणको लागि नेकपा एसको मत आवश्यक हुन जान्छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले नेकपा एसलेले अहिले सम्म आफुहरुसँग सहकार्यमा आउन नसक्दा आफुहरुको योजना तत्काल स्थगित हुन पुगेको बताए । केन्द्रमा नेकपा एस हाम्रो गठबन्धनमा छ, उनले भने,‘ त्यो हिसाबमा मधेशमा पनि हाम्रो गठबन्धनमा आउनुपर्ने हो । तर अहिले सम्म स्पष्ट गरेको छैन । केन्द्रमा शिर्ष नेताहरु बीच गहन छलफल भईरहेकोले एसले हामीलाई सहयोग गर्नेमा विश्वस्त छौ ।’

एमालेका एक प्रदेश साँसदले भने,‘ केन्द्रमा भएको गठबन्धन अनुसार हाम्रो प्राथमितामा नेकपा एस हो । यदि नेकपा एसले सहयोग गर्न चाहेनन् भने लोसपालाई विश्वासमा लिएर नयाँ सरकार बनाउने प्रयासमा छु ।’

यता, अल्पमत रहेका सरोज कुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारले २३ जेठमा विश्वासको मत लिने घोषणा गरेको छ ।
मुख्यमन्त्री यादवले काँग्रेसको २२, लोसपाको ८, जसपा नेपालको १९ र नेकपा एसको ८ सहित विश्वासको मत लिएर सरकारलाई निरन्तरता दिने दाउँमा रहेका छन् । तर केन्द्रमा काँग्रेससहितको गठबन्धनमा रहेपनि लोसपाले अहिले सम्म कुन गठबन्धनमा रहने स्पष्ट गर्न सकेको छैन । यदि यो गठबन्धनमा लोसपाले जसपा नेपालको नेतृत्वको सरकारलाई स्वीकार्य नगर्ने हो भने यो गठबन्धनलाई पनि बहुमत पुरयाउन सकस हुन जान्छ ।
राजविराजको घटना छानबिन गर्ने सहमति पश्चात प्रदेश सभा सुचारु
सप्तरीको राजविराजस्थित मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यसको अवसरमा भएको घटनाको गर्ने सहमति भएपछि प्रदेश सभाको बैठक सुरु भएको छ ।
जनमत पार्टीले सो घटनालाई संसदीय छानबिनको माग गर्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । सोमवार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो वैठक पनि जनमतले सुरुमा अवरुद्ध गरेका थिए । सभामुख रामचन्द्र मण्डलले वैठक १० मिनेट स्थगित गरि उक्त घटनाको छानबिनको लागि प्रदेश मामिला समितिले गर्ने प्रस्ताव राख्दा सत्ता पक्ष र जनमत सहमत भएका थिए । सहमति पश्चात पुनः प्रदेश सभाको वैठक सुचारु भएको थियो ।

प्रदेश सभाको दोस्रो कार्यकाला अहिले सम्म ५० वटा वैठक बसेको छ । पहिलो अधिवेशनमा ३६ र दोस्रो अधिवेशनमा १४ गरि ५० वटा बैठक बसेको छ । ति ५० वटा बैठकले अहिले सम्म ३ वटा मात्रै विद्येयक पारित भएको छ । आज बसेको वैठकमा सासदहरुले विजनेसको अभावमा बैठक बस्न नसकेको भन्दै सरकारको आलोचना गरेको थियो ।

सम्बन्धित खबर