LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जिल्ला अदालतले दुई वर्षकौ कैद सजाय तोकेको धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप कुमार यादवलाई प्रहरी फक्राउ गर्न अनाकानी गरिरहेको छ ।

लेनदेन मुद्दामा दोषी ठहर भएका वडाध्यक्ष यादवलाई जिल्ला अदालत धनुषाले गत माघ १२ गते नै वडाध्यक्ष यादवलाई दुई वर्षको कैदको सजाय सुनाएको थियो । तर अदालतको आदेश आएको ४ महिना भन्दा बढी समय भईसक्दा पनि धनुषा प्रहरीले पक्राउ वडाध्यक्ष यादवलाई गरिरहेको पीडित पक्षले आरोप लगाएको छ ।

लक्ष्मीनिया गाउँपालिका–१ बस्ने असिरुल साफीले वडाध्यक्ष यादव विरुद्ध लेनदेन मुद्दा जिल्ला अदालत धनुषामा दर्ता गराएका थिए । वडाध्यक्ष यादवलाई पक्राउ गरि वादीको बिगो वपात दुई वर्ष कैदमा राख्न अदालतले गत १६ माघमै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्रचार समेत गरेको थियो । तर धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले वडाध्यक्ष यादवलाई पक्राउ नगरि उल्टै संरक्षण गरिरहेको पीडितको आरोप छ ।

वडाध्यक्ष यादवले घरमै रहेपनि प्रहरीले उनलाई पक्राउ गर्न नचाहेको वादी साफीले बताए । नेकपा एमालेबाट वडाध्यक्षा निवाचिर्त यादवलाई राजनीतिक दवावका कारण प्रहरीले पक्राउ नगरि राज्यको कानुनी व्यवस्था खिल्ली उडाएको उनको भनाई छ ।

 

सम्बन्धित खबर