LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । पाँच पटक विश्वासको मत लिएको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधवार ६ औ पटक विश्वासको मत लिने तयारी गरेका छन् ।
गत ३० वैशाखमा सत्ता गठबन्धनमा प्रमुख घटक दल नेकपा एमाले र माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले बुधवार दिउँसो ३ बजेट विश्वासको मत लिने कार्यसुचि रहेको प्रदेश सभा सचिवालयले सुचना जारी गरेको सार्वजनिक गरेको छ ।
जनता साजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री यादवले आफुले ६ औ पटक पनि विश्वासको मत पाउने दावि गरेपनि प्रदेशका भएको नयाँ दलिय समिकरणले उनी विश्वासको मत नपाउने करिव निश्चत जस्तो देखिन्छ ।

एमाले र माओवादीका मन्त्रीहरुले राजीनामा दिँदै दुवै दलले एकैसाथ सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको यादव नेतृत्वको सरकारले नेपाली काँग्रेस(२२), लोसपा –९) नेकपा एस(७)ले विश्वासको मत दिने दावि गरेको छ ।

काँग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भनेपनि लोसपाले अहिले सम्म विश्वासको मत दिनेमा अहिले सम्म निर्णय लिन सकेको छैन । त्यसैगरि, केन्द्रिय सत्ता गठबन्धनमा रहेका एसले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गरिसकेको एसबाट प्रदेश सरकारा श्रम तथा यातायात मन्त्री रहेकी बेची लुंगेलीले बताईन ।

मंगलबार अन्य प्रदेश र संघीय सरकारमा रहेको सत्ता समिकरणको दबावमा परेका एसले मधेश प्रदेशमा पनि संघीय गठबन्धनलाई नै कायम राख्न बाध्य भएपछि सरोज कुमार यादवको सरकार संकटमा परेको हो । यस अघि एमाले, माओवादी र जनमतलाई बाहिरै राखेर पनि नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीको साथ पाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने दाउमा मुख्यमन्त्री यादव रहेका थिए ।

एमाले(२५), जनमत (१३), एकीकृत समाजवादी(७), माओवादी केन्द्र(९) र नागरिक उन्मुक्ति पाटी (१) ले केन्द्रमा गरेको गठबन्धनलाई मधेश प्रदेशमा पनि दिने निर्णय गरेपछि जसपा नेपालले ६ वर्षभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएको मधेश प्रदेश सरकार छोड्न वाध्य भएको छ ।

सम्बन्धित खबर