LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । पाँच पटक विश्वासको मत लिएको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधवार ६ औ पटक विश्वासको मत लिने तयारी गरेका छन् ।
गत ३० वैशाखमा सत्ता गठबन्धनमा प्रमुख घटक दल नेकपा एमाले र माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले बुधवार दिउँसो ३ बजेट विश्वासको मत लिने कार्यसुचि रहेको प्रदेश सभा सचिवालयले सुचना जारी गरेको सार्वजनिक गरेको छ ।
जनता साजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री यादवले आफुले ६ औ पटक पनि विश्वासको मत पाउने दावि गरेपनि प्रदेशका भएको नयाँ दलिय समिकरणले उनी विश्वासको मत नपाउने करिव निश्चत जस्तो देखिन्छ ।

एमाले र माओवादीका मन्त्रीहरुले राजीनामा दिँदै दुवै दलले एकैसाथ सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको यादव नेतृत्वको सरकारले नेपाली काँग्रेस(२२), लोसपा –९) नेकपा एस(७)ले विश्वासको मत दिने दावि गरेको छ ।

काँग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भनेपनि लोसपाले अहिले सम्म विश्वासको मत दिनेमा अहिले सम्म निर्णय लिन सकेको छैन । त्यसैगरि, केन्द्रिय सत्ता गठबन्धनमा रहेका एसले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गरिसकेको एसबाट प्रदेश सरकारा श्रम तथा यातायात मन्त्री रहेकी बेची लुंगेलीले बताईन ।

मंगलबार अन्य प्रदेश र संघीय सरकारमा रहेको सत्ता समिकरणको दबावमा परेका एसले मधेश प्रदेशमा पनि संघीय गठबन्धनलाई नै कायम राख्न बाध्य भएपछि सरोज कुमार यादवको सरकार संकटमा परेको हो । यस अघि एमाले, माओवादी र जनमतलाई बाहिरै राखेर पनि नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीको साथ पाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने दाउमा मुख्यमन्त्री यादव रहेका थिए ।

एमाले(२५), जनमत (१३), एकीकृत समाजवादी(७), माओवादी केन्द्र(९) र नागरिक उन्मुक्ति पाटी (१) ले केन्द्रमा गरेको गठबन्धनलाई मधेश प्रदेशमा पनि दिने निर्णय गरेपछि जसपा नेपालले ६ वर्षभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएको मधेश प्रदेश सरकार छोड्न वाध्य भएको छ ।

सम्बन्धित खबर