LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार सम्हालेको दुई दिनमै सरकार विस्तार गरेका छन् ।
मुख्यमन्त्री सिंहले आइतबार आफ्ना जनमत पार्टीबाट एक बिना विभागीयसहित दुई जना साँसदलाई मन्त्री बनाइएका छन् ।

मुख्यमन्त्री सिंहको सिफारिसमा सिरहा ४(१) बाट निर्वाचित जनमतका त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई विना विभागीय मन्त्रीको रुपमा आईतवार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताका शपथ गराएकी हुन् । यो सँगै मधेश प्रदेशको मन्त्रीपरिषद १६ सदस्य हुन पुगेको छ । मधेश प्रदेशमा सम्म सबभन्दा ठुलो मन्त्रिपरिषदको मुख्यमन्त्री सिंहको नेतृत्वको सरकारमा पुगेको छ ।

यसअघि विना विभागीय राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी रंजुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

अहिले मन्त्रिपरिषदमा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री माओवादी केन्द्रबाट भरत प्रसाद साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसबाट गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुङ्गेली उर्जा, सिँचाई तथा खानेपानी मन्त्री, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुन मन्त्री, नागरिक उन्नमुक्तिबाट उर्मिलादेवी सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरि, एमालेबाट केशव राय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री र शारदा देवी थापा शिक्षा तथा संस्कृति राज्य मन्त्री नियुक्त भएका छन् ।

सम्बन्धित खबर