LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार सम्हालेको दुई दिनमै सरकार विस्तार गरेका छन् ।
मुख्यमन्त्री सिंहले आइतबार आफ्ना जनमत पार्टीबाट एक बिना विभागीयसहित दुई जना साँसदलाई मन्त्री बनाइएका छन् ।

मुख्यमन्त्री सिंहको सिफारिसमा सिरहा ४(१) बाट निर्वाचित जनमतका त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई विना विभागीय मन्त्रीको रुपमा आईतवार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताका शपथ गराएकी हुन् । यो सँगै मधेश प्रदेशको मन्त्रीपरिषद १६ सदस्य हुन पुगेको छ । मधेश प्रदेशमा सम्म सबभन्दा ठुलो मन्त्रिपरिषदको मुख्यमन्त्री सिंहको नेतृत्वको सरकारमा पुगेको छ ।

यसअघि विना विभागीय राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी रंजुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

अहिले मन्त्रिपरिषदमा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री माओवादी केन्द्रबाट भरत प्रसाद साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसबाट गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुङ्गेली उर्जा, सिँचाई तथा खानेपानी मन्त्री, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुन मन्त्री, नागरिक उन्नमुक्तिबाट उर्मिलादेवी सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरि, एमालेबाट केशव राय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री र शारदा देवी थापा शिक्षा तथा संस्कृति राज्य मन्त्री नियुक्त भएका छन् ।

सम्बन्धित खबर