LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । नेपालमा इस्लामिक कला तथा वस्तुकलाको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी हुने भएको छ ।

मदर फाउण्डेशनको आयोजनामा अगामी नोभेम्बर १६देखि काठाण्डौमा हुने उक्त सम्मेलनमा इस्लामिक कला, वस्तुकला तथा इस्लामिक साँस्कृतिक प्रदर्शनी गरिने छ । नेपालमा पहिलो पटक हुने लागेको अन्तर्राष्ट्रिय इस्लामिक कला तथा वस्तुकलाको सम्मेलनलाई भव्य र सफल बनाउने विभिन्न जिल्लाबाट इस्लामिक कला तथा वस्तुकला प्रयोग भएको धार्मिक मस्जिद, मठ मन्दिर, गुम्बा, चर्च तथा ऐतिहासिक धरोहरहरुको तस्वीर संकलन गरि प्रदर्शनी गरिने छ ।

सम्मेलनले कला तथा साँस्कृतिकको माध्यमले धार्मिक सदभाव तथा समाजिक एकतामा टेवा पुग्ने मदर फाउण्डेशनका संरक्षक तथा पुर्व न्यायधिक डा.सलाहुदीन सिद्दिकीले बताए । हिन्दु,मुस्लिम,बौद्ध लगायतका विभिन्न धर्महरु अगल अगल भएपनि वस्तुकलाको माध्यमले एकअर्कासँग जोडिएको उनले बताए ।

उक्त सम्मेलनको लागि मधेशबाट इस्लामिक कला तथा वस्तुकला प्रयोग भएको निर्माण भएका विभिन्न मस्जिद, मठ मन्दिर तथा धरोहरहरुको तस्वीर संकलनदेखि प्रचार प्रसारका लागि तयारी ७ सदस्य तयारी समिति गठन गरिएको हो । संरक्षक डा.सिद्दिकीको प्रमुख आतिथ्यिमा आईतवार भएको भेलाबाट उक्त समिति गठन गरिएको छ ।

समितिको संयोजकमा पुर्व डिई शफी अहमद तथा सदस्यहरुमा मौलना मोस्तकिन साहव, मौलना मन्जुर साहव, राजनीतिर्की समसुल हक, हकिम राईन, मौलना अहमद रेजा, पत्रकार हदिश खुद्दार, इन्तेकाब आलम रहेका छन् ।

 

सम्बन्धित खबर