LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ंगलवार प्रदेश सभाा आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । निती तथा कार्यक्रममा कृषि, स्वास्थ्य, उद्योग, पुर्वाधार, रोजगारीमा जोड दिएको छ ।

नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिबृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्त्व सम्वर्द्धन अभिवृद्धिका लागि निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायीक खेती प्रणालीमा रुपान्तरण गरिनेछ ।

किसानलाई प्रत्यक्ष लाभ हुने गरी समयमै मल, उन्नत बीउ बिजन, प्राविधिक सेवा तथा अन्य आवश्यक सामाग्रीहरुको उपलब्धताको सुनिश्चितता गर्नुको साथै वस्तुपरक आधारमा अनुदान दिने प्रदेश सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशको तथ्याङ्गलाई प्रभावकारी बनाउन आफ्नै डिजिटल बैकको आयोजना गरिने दिगो विकासको योजना तयारी स्वदेशि तथा विदेशीको लगानीकर्ताको वातावरणको तयार गर्ने , भष्टाचार नियन्त्रण, आर्थिक समाजको विभेदको अन्त्य, आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृतिलाई न्युनिकरण गरिने छ ।

प्रादेशिक विकास बैंकको स्थापना गरि दोहोर पर्ने योजनालाई नियन्त्रण गर्न बैंक मार्फत योजनाहरुलाई अगाडी बढाईने छ ।
प्रदेश सरकारले सञ्चार क्षेत्र र पत्रकारहितको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले प्रदेशलाई संचार मैत्री प्रदेश बनाईउने नीति लिएको छ । ‘प्रेस स्वतन्त्रताको सवालमा सरकार गम्भिर रहनेछ । पत्रकारको मनोबल बढाउन पुरस्कार वितरणको व्यवस्था गरिनेछ’ भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिइनेछ ।

समानुपातिक विज्ञापन, सामुदायिक रेडियो सञ्जाल निर्माण गरी रेडियोकर्मीहरुलाई दक्षता प्रदान गर्नुको साथै पत्रकारका लागि स्वास्थ्य बिमा र दुर्घटना विमाको व्यवस्था गरिने सरकारले निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
मुख्यमन्त्री हरित प्रदेश योजना अन्तर्गत गत सार्वजनिक ठाउँहरुमा वृक्षारोपन, प्रादेशिक सडकको निर्माणमा जोड दिने सरकारको नीति छ ।
दलित, विपन्न परिवारलाई स्थानीय तहको सिफारिसमा निः शुल्कको उपचारको व्यवस्था गरिने छ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी नारा सार्थक बनाउन स्वास्थ्य निरोग सेवा संचालन गरिने छ । प्रदेश सरकार मातहत रहेका अस्पतालहरुमा अस्पताल बोर्डको गठन गरिने छ ।
प्रादेशिक अस्पताल जनकपुरधामको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालनमा रहेका जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय बेडको बनाईने तथा प्रतिष्ठानले दिदै आएको शिक्षामा स्तर वृद्धि गरि एमबिबिएस सहितको पढाईको व्यवस्थापन गरिने छ ।
विद्यृतिय सवारी साधनलाई बढवा दिने उदेश्यले पुर्व पश्चि राजमार्गमा चार्जिङ्ग स्टेशनको स्थापना गरिने छ ।

‘बचपन बचाउ, जिवन जोगाउ’ नारासहित बालश्रम न्यूनिकरण गर्ने सरकारले नीति लिएको छ । प्रदेशको शिक्षा स्तरलाई बढाउन मुख्यमन्त्री साक्षर अभियान संचालन गरिने छ । प्रदेशलाई लगानी मैत्रिलाई बनाउन लगानी सम्मेलनको आयोजना गरिने छ ।
जसपा नेपालद्वारा बैठक वहिस्कार
यता, जनमत पार्टी नेतृत्वको प्रदेश सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रमलाई जसपा पार्टी नेपालले वहिस्कार गरेको छ । आफुहरुको महाधिवेशन चलिरहेकोले आफुहरु बैठकमा सहभागि हुन नसक्ने भएकोले मुख्यमन्त्रीलाई बैठक सार्न आग्रह गरेका थिए । तर सरकारले नीति तथा कार्यक्रम सार्न नसकिने भनेपछि आफुहरु बैठकमा सहभागि नभएको जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले बताए ।

सम्बन्धित खबर